हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अचानक बेहोस भएका खोटाङका डिकप्रसाद राईको निधन भएको छ।

नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा म’स्ति’ष्काघात भएर बेहोस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति निधन भएको हो।

हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे निधन भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा हङकङका भूतपूर्व अध्यक्ष रजिन राईले नेपालखबरलाई बताए।

८० प्रतिशत मस्तिष्क नष्ट भई मस्तिष्कमा रगत जमेकाले उनलाई बचाउन नसकएिको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै रजिन राईले बताए।

आफन्त राईका अनुसार मृ तकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दाहसंस्कार गर्नेछ। यलुङ्छा परिवारका डिकप्रसाद, राई यलुङ्छा परिवारका सदस्य पनि थिए। परिवारका अध्यक्ष जयराम राईले मृ तकको सबै परिवार नेपालमै भएकाले हङकङमा उनको अन्त्येष्टि यलुङ्छा परिवारले गर्नेछ।

नेपाली राहदानीवाहक डिकप्रसाद लामो समयदेखि हङकङको युनलोङमा बसिरहेका थिए। उनी गत मंगलबार हङकङबाट काठमाडौं जाने क्रममा विमानमा उडिरहेका बेला बेहोस भएका थिए।

हङकङबाट करिब डेढ घण्टा उडिसकेको विमान राई डिकप्रसाद बेहोस भएपछि हङकङमै फर्काएर आकस्मिक अवतरण गरी उनलाई अस्पताल लगिएको थियो।

बिरामीलाई शुरुमा लान्ताउ अस्पताल लगिए पनि बुधबार प्रीन्स मार्गरेट अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उपचारको क्रममा बिरामीको राष्ट्रियता आधिकारिक रुपमा प्रमाणित नभएको पनि राईले बताए। जहाज भित्रै बेहोस भए पछि उनलाई आपतकालीन स्थितीमा अस्पताल लगिएको थियो।

राईले भने ‘बिरामीको राहदानी समेत नेपाल एयरलाईन्सको कार्यालयमा रहेकोले बिरामीलाई भेरिफाई गर्न सकिएको छैन। उनको हङकङ आईडी समेत फेला परेको छैन, तथापी हामीले प्रतिलिपी पेश गरेका छौ‌ं, अस्पतालले सक्कली आईडि वा राहदानीको माग गरेका छन। सम्भवत भोलिसम्ममा पेश गर्नेछौं।’

कतिपयले अहिले विश्वभर आ’तंक म’च्चाइरहेको कोरोना भाइरसको सं’क्र’मणले यस्तो भएको को कि भन्ने आशंका गरे पनि त्यो गलत साबित भएको छ।

उनको निधन र कोरोना भाइरसबीच कुनै सम्बन्ध नरहेको रजिन राईले बताए। डिकराजको उपचारका क्रममा रजिन डाक्टरसँग नियमित सम्पर्कमा थिए। श्रोत नेपाल खबर

Comments