एजेन्सी । भारतको केरालामा कुमार कार्कीका साथमा फेला परेकी अनुपा अधिकारी र उनका दुई छोरी सहितलाई अहिले नेपाल ल्याइसकिएको छ । कुमार र अनुपालाई नेपाल ल्याएर तनहुँ स्थित प्रहरीको जिम्मा लगाइएको छ भने नकुलले दुई छोरीलाई घर लिएर गएका छन् । आफुले विदेशमा कमाएको सम्पत्ती र छोरीहरु समेत लिएर कुमार कार्कीसंग भागेकी अनुपालाई भारतको केरलामा फेला पारिएको थियो । उनीहरुलाई केरलावाट ल्याएर नेपालमा प्रहरीको जिम्मा लगाइएको छ ।

नेपालमा आएपछि बुवाको साथमा घरमा आएकी नकुलको जेठो छोरीले भने बुवाले दिएको त”नावका कारण आमा अनुपाले घर छोडेको बताएकी छन् । उनले आफ्नै अगाडी बुवाले आमालाई फोन गरेर निकै घृ’णित शब्द प्रयोग गर्ने गरेको बताएकी छन् । म होमवर्क गरेर बसीरहेकी थिएँ ड्याडीले फोन गर्नुभयो, अनि कान्छी छोरीलाई का”टे’र तीन टु”क्रा पार्दिन्छु भनेर ध’म्क्या’उनुभयो, बाबु नकुलकै अगाडी छोरीले भनिन् ।

केरलामा रहँदा कुमारले आफुलाई निकै माया गर्ने गरेको बताइन् । ममी सुत्केरी भएको बेलामा बुवा नकुलले पनि ममीलाई निकै त”नाव दिनेगरेको खुलासा छोरीले गरेकी छन् । नकुलले ध”म्की दिएको कुरा नकुलकै आमाले स्वीकार पनि स्वीकार गरेकी छन् । बुहारीको चालचलन राम्रो नभएका कारण छोराले ध”’म्की दिने गरेको छोरीको खुलासा छ ।

उनले ममी मामाघर समेत जान नपाएको छोरीको भनाई छ । सासुले भने बुहारीको कृयाकलापका कारण छोराले त्यस्तो ब्यवहार गरेको भनाई छ । नेपालवाट दुई छोरी लिएर कुमार कार्कीका साथ हिडेपछि उनका पतिले करिब एक महिना देखि उनीहरुको खोजि सुरु गरेका थिए । प्रहरी र मिडियाको सहयोगमा उनीहरु केरलामा बसेको भन्ने सूचना पाएपछि टोली केरला पुगेको थियो ।

उनीहरुलाइ केरलाको एउटा घरमा छापा माुुरेर फेला पारेको थियो । अनुपाले पनि कुमारको श्रीमती र आफ्नो श्रीमानले अनावश्यक शंका गरेर ज्या’न लिने ध”म्की समेत दिएका कारण आफु बाध्य भएर हिड्नुपरेको बताएकी थिइन् । आमा अनुपालाई प्रहरी हिरासतमा राखेपछि छोरी निकै चिन्तित छन् । उनको आँखा अहिले पनि ओभाना भएका छैनन् ।

उनी रोइरहेकी छन् । छोरीले पनि कुमार र अनुपाले दुख सुखका मात्र कुरा गर्ने गरेको तर बुवाले भने अनावश्यक शं’का गरेको छोरीको भनाई छ । आफुहरु काठमाडौं जाँदा बुवा नकुलले फोन गरेर स्याङ्जाबाट तिमीहरुलाई ठिक गर्न धेरै मानिस आउँदैछन् तेरो ज्या”न जोखिममा छ भनेर ध”म्की दिएको छोरीले बताइन् । नकुलले त्यो कुरा स्वीकार गरेका छन् । उनले आफुले छोराछोरीको पढाई बिग्रन्छ नजाउ भन्दा उनी आफ्नै मर्जीले गएका कारण झ”गडा भएको बताए ।

Comments