फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् ।

‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु,’ उनले भनेका छन् ।

उनले अघि भने, ‘हो म यो गर्छु । यसअघि पनि गरेको छु र फेरि गर्छु ।’ ७१ वर्षे डुटेर्टेले हेलिकोप्टरबाट फालेको घटनाबारे थप बताउन चाहेनन् । तर, रिपोर्टहरुमा जनाइए अनुसार डावाकोको मेयर हुँदा एक अ..पहरण…कारीलाई उडिरहेको विमानबाट उनले फालेका थिए ।

एक साता अघि उनले एक विजनेश फोरममा डावाकोको मेयर आफैंले गो….ली हा…नेर मा…..रेको बताएका थिए । ‘मैले त सक्छु भने तिमीले किन सक्दैनौ’ भनेर पुसिललाई देखाउन आफूले गो….ली चलाएको र तीन जना मा….रिएको उनले बताएका थिए ।

डुटेर्टे फिलिपिन्सको राष्ट्रपति भएको आज शुक्रबार ६ महिना पुग्दैछ । र, उनी सत्तामा आएपछि ला”’गूऔ”’षध त”’स्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मा”’रिएका छन् ।

 

Comments