नेपालको त्यतीबेलाको ७५ जिल्ला २ सय १८ दिनमा १२ हजार किलोमिटर भन्दा लामो दुरी दौडेर विश्वमा कसैले पनि पार गर्न सकेको छैन । उनी त्यस्ता ब्यक्ति हुन् जसले विश्वमा यो रेकर्ड बनाए । नेपालकै यि अद्भुत मानिस भने अहिले सुरक्षा गार्डका रुपमा जिवन चलाईरहेका छन् । १२ हजार किलोमिटर माथि कोही ब्यक्ति पनि दौडिएको छैन । त्यसैले उनले विश्वरेकर्ड बनाए । कुलवहादुर शाह जसले नेपालको नाम विश्वमा चिनाए तर अहिले उनलाई भने अहिले बाँच्न नै समस्या छ । बारम्बार खेलकुद मन्त्री फेरीदा उनी प्रत्यक पटक आफुलाई कुनै अवसर दिनु भन्दै गुनासो गर्न गए तर कसैले उनको कुरा सुनेनन् ।

काठमाडौंमा रहेको अनामनगरमा रहेको धराने सेकुवा कर्नरमा उनी सुरक्षा गार्डका रुपमा कार्यरत छन् । उनले सन् २०१२ मा उनले यो विश्वरेकर्ड बनाएका हुन् । उनलाई हिमचितुवाका नामले चिनिन्छ । उनी जुम्लाका स्थानिय हुन् । १२ घण्टा काम गर्छन जसवापत उनले १२ हजार नै पाउँछन् । जसमध्ये ६ हजार त उनले खानामा खर्च हुन्छ । उनी अहिले ३२ वर्षका भए । जागिर नपाउँदा उनले अर्काको घरमा भाँडा माझेर कमाएको पैसाले खाएर हाइअल्टिच्युटमा दौडिने गर्थे ।

उनले एक दिनमा ६८ किलोमिटरका दरले दौडेर उनले आफ्नो मुलुकलाई एक फन्को लगाएका हुन् । उनले आफुले पाएको सबै प्रमाणपत्र लिएर त्यतीबेलाका प्रधानमन्त्री डा बाबुराम भट्टराईकोमा पुगेका थिए । त्यतीबेला उनले एउटा प्रमाणपत्र पाए । अनि खेलकुद मन्त्रालयमा पुगे । युवा तथा खेलकुद मन्त्री रामकुमार श्रैष्ठले जसरी भए पनि सरकारी जागिर लगाइदिन्छु भनेर आश्वासन दिए । तर पछि १९ पटक सम्म भेट्न गए तपाईले यस्तो आश्वासन दिनुभएको थियो भनेर तर त्यसपछि उनले शाहीलाई भेट्न पनि चाहेनन् ।

Comments