खगेन्द्र विश्वकर्मा एवीसी टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम इन्द्रेणीको एक बलियो खम्बा हुन् भनेपनि हुन्छ । विपत्तीमा परेका हजारौं नेपालीले उनकै कार्यक्रममा गएर पुनर्जिवन पाएका छन् । जिवनको संघर्षमा रहेका हजारौं इन्द्रेणीमा गएर रुने गर्छन । दुख बिसाउने चौतारी बनेको छ कार्यक्रम इन्द्रणी ।

उनी कृष्ण कडेलको टिमसंग लामो समय काम गरेका उनको २०७१ सालमा आएको बाढीले सबै सपना बगाएर लग्यो । उनको घरवास र सबै परिवारलाई समेत बगायो । उनको श्रीमती मात्र बाँच्न सफल भइन् । दुई छोरा र आमाबुवा सहित सबै सम्पत्ती गुमाएर उनी आहत बने । अहिले दुई छोरी र श्रीमतीसंग छन् । भन्छन् दुई छोरा झलझली आँखामा आउँछन् । आमाबुवालाई संधै सम्झन्छु ।

उनी आफैलाई पनि कहिले काँही जिवन देखि हार मान्छन् । देह त्याग्न पनि चाहेका थिए तर उनको त्यो चाहना पनि पुरा भएन । जिवनमा यति धेरै दुख पाए । अहिले साना छोरीहरुले बाबा हाम्रो घर खै भनेर सोध्दा उनले सम्हालेर राखेको भन फेरी भक्कानिन्छ ।

इन्द्रणी कार्यक्रमवाट पाएको तलबले श्रीमती र दुई छोरीको जिवन अघि बढाइरहेका छन् । उनलाई छोरीहरुलाई ठूलो मानिस बनाउने चाहना छ । अब छोरीहरुको भविष्यका लागि खर्च बढ्दै गएको छ तर उनको आर्थिक हैसियतको दायरा भने साँघुरो छ । त्यसैले टेलिभिजन हेर्ने सबैलाई उनले सहयोगको अपेक्षा गरेका छन् ।

Comments