सन् २०१९ नोभेम्बर मै देखापरेपनि २०२० जनावरीसम्म खासै चर्चामा नआएको कोरोना भाइरस चिनिया बसन्त चाडमाको आगमन सगै माहामारीको रुप लिन पुग्यो । मानिसहरुको ओहोरदोहोर बढेसँगै फैलिएको यो भाइरसबाट आजसम्ममा हजारौं भन्दा बढी मानिसमा सं’क्रमण फैलिएको छ भने झन्डै १००० जनाको ज्या न लिएको छ । वुहानबाट सुरु भएपनि हाल पुरै चीन र विश्वका अन्य केही मुलुकमा सं क्रमण फैलिएको छ ।

सं क्रमण नियन्त्रण गर्न सबैभन्दा पहिले वुहान क्षेत्रको यातायात बन्द गरिएको थियो भने धेरै भीड हुने ठाउँमा सकेसम्म नजान भनिएको थियो । हाल घरबाट बाहिर निस्कन दिएको छैन । यो विशेषगरी वुहानमा कडाइको साथ लागू गरिएको छ । वुहान भन्दा बाहिर भने अवस्था अनुसार कतै केही खकुलो पनि छ ।

सं क्रमणको समाचारहरु निकै आउन थालेपछि धेरै बिद्यार्थी, कर्मचारीहरु बसन्त चाडमा (नेपाली दशैं जस्तै) मा पनि आफ्नो आफन्तसँग मनाउन त जान सकेनन नै, धेरैले एक्लो भएर जे छ त्यही खाएर मनाए । इन्टरनेटको सुबिधाको कारण भिडियो च्याट भने गर्न पाए । विश्वविद्यालयहरुमा मुख्य ढोका बन्द छन । विश्वविध्यालयभित्र एक बिल्डिङबाट अर्कोमा आउँदा जाँदा पनि प्रत्येक पटक विद्यार्थीको शरीर तापमान जाँच गरिन्छ ।

मुख्य ढोका बाहिर जान परेमा हरेक पटक रजिष्ट्रर गर्नुपर्छ । बाहिर जानुको उचित कारण नदिए रोकिन्छ । साथै छिटो फर्कन भनिन्छ । विश्वविद्यालयले नयाँ एप्लिकेसन फारम निर्माण गरेको छ, जसमा हरेक विद्यार्थीले हरेक २४ घण्टा भित्र आफ्नो अवस्था बारेमा भर्न भनिएको छ । विश्वविद्यालय बाहिर रहेका बिद्यार्थीलाइ अर्को सूचना नहुन्जेल विश्वविद्यालय नफर्कन भनेको छ भने निरन्तर सम्पर्कमा रहन पनि भनेको छ । त्यसैगरी अब छिटै अनलाइन कक्षा संचालन हुनसक्ने जानकारी पनि गराइसकेको छ ।

वुहान र आसपासको क्षेत्र भ्रमण गर्ने बिद्यार्थीलाई १४ दिन सम्मको लागि ‘आइसोलेसन’(नियमित निगरानी)मा राखिएको छ, उनीहरु प्रत्येकलार्इ एउटा टिभी, वाईफाईलगायतका सुबिधासहितको कोठामा राखिएको छ । खाना र पानीको ब्यबस्था विश्वविद्यालय नै गरेको छ । हरेक दिन शरीर तापमान नाप गरिन्छ । होस्टेलको ढोका बाहिर निस्कँदा सबैले माक्स लगाएकै हुन्छन् । तातो पिउने र हातमुख धुने गरिरहन्छ्न ।

दिउँसो एकादुइ मानिस बिल्डिङ बाहिर देखिन्छन् । दिउँसो ननिस्कनेहरु राती पनि एकादुइ देखिन्छन् । धेरैजसो क्यानटिनहरु बन्द छन् । खुल्ला भएकाहरुमा पनि खानेकुराको धेरै कम परिकार पाइन्छ । पाइएको पनि मूल्य सामान्य भन्दा दोब्बर जस्तो बढी छ । यद्यपी, बाहिर तरकारी मुल्यवृद्धिको अनुपातमा सस्तो हो । धेरै विश्वविद्यालयको अवस्था यहि हो । तर स्रोत र साधनको आधारमा कुनैमा केही फरक पनि हुनसक्छ ।

चीनमा पढिरहेका बिद्यार्थी आफ्नो देश फर्कंदा शरीरमा ज्वरो भेटिएमा एयरपोर्टबाट नै फिर्ता गरिएको खबरहरु सुनिएको छ । प्रायः सँधै सँघै बसेर खाना खाने साथीहरू पनि पाँच मिटरभन्दा टाढाबाटै ‘हेलो’ भन्दै हिड्छन । अनि फर्केर एकान्तमा पुगेपछि विइच्याटमा कुरा गर्छन । धेरै ठाउँका पसलहरु बन्द छन । सुपरमार्केटमा सामान किन्न आउनेहरूको भीड छ । तर कोही पनि धेरैबेर बस्दैन ।

सामान्य अवस्थामा निकैबेर लगाएर सामान छानीछानी लिनेहरु नहेरी समान उठाएर हिंड्छन । फलफूल र तरकारीको भाउ सामान्य भन्दा तीन चार गुणाले बढेको भएपनि हारालुस जस्तै हुन्छ । चाउचाउ जस्ता खानेकुराहरु सुपरमार्केटमा पनि निकै कम मात्र भेटिन्छ । माक्स त किन्न पनि पाइन छाडेको छ । अनलाइन किन्न पनि एक त बसन्त चाडको बिदा, अर्को यातायात बन्द भएको कारण निकै ढिला मात्र डेलिभरी दिने, त्यही माथि निकै मंहगो छ ।

हामीले थाहा पाएअनुसार अहिले काम गर्ने कामदारहरुको ज्याला र तलब पनि सामान्य भन्दा दुइ तीन गुणाले बृद्दी भएको छ । कामदारको संख्या कम भएको कारण कामदारहरुलाई कामको लाड पनि सामान्य भन्दा बढी भएको सजिलै बुझ्न सकिन्छ । यति हुदाहुदै पनि विश्वविद्यालय बाहिर भने केही मानिसहरु सामान्य अवस्थामा जस्तै मर्निङ र इभिनिङ वार्क गर्न निस्केको भेटिन्छ । अझै कतिपयले त माक्स पनि लगाएको देखिदैन ।

कोरोना भाइरसको प्रकोप बढेसंगै चीनमा अध्यनरत वुहान बाहेकका धेरै नेपाली बिद्यार्थी नेपाल फर्किसकेका छन् । धेरै बिद्यार्थी नेपालको एयरपोर्टमा चेकजाँच हुन्छ अनि आइसोलेसनमा बस्नुपर्छ भन्ने गर्थे । तर नेपाल पुग्ने वित्तिकै एयरपोर्टमा कुनै चेकजाच नहुने र सिधै घर जान पाइने हुँदा बाँकी साथीहरु पनि छिटै आउन भन्दै मेसेज गर्नथाले । यो नेपाल सरकारको हेलचेक्र्याइँ हो कि आफ्ना नागरकि प्रति छुट ? यद्यपी, नेपालमा यो भाइरसका बारेमा अनावश्यक हल्ला गर्न भन्दा पनि सचेतना आवश्यक देखिन्छ । किनकी चीन सरकारले अत्यन्तै संवेदनशील भएर कदमहरु चालिरहेको छ । स्वास्थ्य चेकजाँचमा कमी हुन दिएको छैन । सेवा सुविधा मजबुद बनाउँदै लगिरहेको छ । हामी यहाँ सुरक्षित छौं र नियमित स्वास्थ्यको ख्याल गरिरहेका छौं ।

यो पनि : खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध, प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने

चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई आजदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।

समाचार सङ्कलनका लागि खरिपाटीस्थित प्राधिकरण पुगेका सञ्चारकर्मीलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनू भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरी फर्किएका छन् ।

सरकारले बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले चीनबाट फर्काइने नेपाली राख्ने ठाउँमा धमाधम काम भइरहेको र पत्रकार आउँदा काममा बाधा हुने भएकाले रोक लगाइएको बताउनुभयो ।

उहाँले माथिको आदेश पनि त्यस्तै रहेको र काममा पनि बाधा पुग्ने भएकाले सञ्चारकर्मी र स्थानीय बासिन्दालाई प्रवेशमा रोक लगाइएको बताउँदै तयारी तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

चीनबाट ल्याउन लागेका नेपालीका लागि तयार पारिएको ठाउँ कस्तो छ, कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारेमा आमनागरिकको चासोलाई सञ्चारकर्मीले ल्याउन खोज्दा रोक लगाइएको भन्दै सञ्चारकर्मीले आक्रोश पोखेका छन् ।

यसबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आफू कर्मचारी समायोजनमा लागेको र त्यसमै व्यस्त भएकाले कस्तो तयारी भइरहेको छ भन्नेबारेमा आफूले केही थाहा नपाएको र चासो नलिएको बताउनुभयो ।

क्वारेन्टाइन स्थापना गर्न भने भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको बताइएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले नगरपालिकालाई कुनै जानकारी नगराएको बताउँदै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्नलाई सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले समाचार सङ्कलन गर्न आउने सञ्चारकर्मीलाई रोक्नु पनि गलत भएको बताउनुभयो ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले सरकारले बस्तीका बीचमा चीनबाट फर्काउने नेपाली राख्न खोज्नु नै गलत भएको बताउँदै यसबारे सरकारले गम्भीर नभए यसबारे उत्पन्न हुने अवस्थाको जिम्मेवार पनि सरकार हुने बताउनुभयो ।

थप दुई भवन खाली गराइयो ः

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ ।

तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकामा त्यो अपुग रहेको भन्दै आज क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरसमेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिए पनि आज शय्यासमेत अपुग रहेको भन्दै प्राधिकरणको होस्टेलको माथि सारिएको शय्या, पर्दा, फर्निचरलगायतका सामान लगेको उहाँले जानकारी दिनुभयो । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई चाँगुनारायण नगरपालिका–६ स्थित खानेपानी तालिम केन्द्र पिपलबोटमा राख्ने तयारी भइरहेको बताइएको छ ।

पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै आज स्थानीय बासिन्दाले विरोध गरेका छन् । वडा नं ६ का वडाध्यक्ष सन्ते वाइबासहित स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै अन्यत्र राख्न माग गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

Comments