आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उपचारका क्रममा निधन भएको छ। उनको घरमा काम गर्ने युवक झु ण्डि एको अवस्थामा भेटिएका छन्।

आज बिहान उनी ललितपुर महानगरपालिका–२ सानेपास्थित आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनलाई तत्काल सानेपास्थित स्टार अस्पताल लगिएको थियो।

‘अस्पतालमा पुर्‍याएलगत्तै उनलाई अस्पतालले मृ त घोषणा गरेको हो’, घटनास्थलमा खटिएका ललितपुर महानगरीय प्रहरी परिसरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले भने।

मध्याह्न १२ बजे जानकारी आएलगत्तै परिसरको प्रहरी टोली निवासमा जाँदा श व भेटाएको थियो। प्रहरीले चौधरीले नै कार्कीको ह त्या गरेर आफूले देहत्याग गरेको हुनसक्ने अनुमान गरेको छ।

‘घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालिसकेको छ,’ परिसर प्रवक्ता दुर्गा सिंहले भनिन्, ‘के कारणले घटना भएको हो भन्ने यकिन हुन सकेको छैन।’

मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो । दाङका २२ वर्षे चौधरीको श व डो री चुँ डिएर ल डेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

Comments