काठमाडौं, १३ माघ । एक जना महिला प्रहरीसंग वि वाद परेका कारण प्रहरी कार्यालय जान पर्ने अवस्थामा आएकी गायीका आस्था राउतलाई प्रहरीले मिलापत्र गराएर रि हा गर्ने तयारी थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा महिला प्रहरी संग वि वाद भएपछि महिला प्रहरीले दिएको उ जुरीका आधारमा गायीका राउत प्रहरी सम्पर्कमा पुगेकी हुन् । उनी काठमाडौं स्थित विमानस्थलवाट भद्रपुर जाने क्रममा वि वाद भएको थियो ।

महिला प्रहरीले दु ब्र्य वहार गरेको भन्दै सामाजिक सञ्जाल फेसवुकमा चर्को गा ली सहित लाइभमा आएकी राउतलाई उल्टै महिला प्रहरीले दु ब्र्य वहा रको उ जुरी दिएकी थिइन् । विमानस्थलमा भएको वि वादको सिसिटिभी फुटेज समेत वाहिरिएपछि गायीका राउतको झन आ लो चना समेत भएको थियो ।

उनी सांगेगित कार्यक्रमका लागि भारत पुगेकी थिइन् । भारतवाट फर्किए पछि उनी प्रहरीको सम्पर्कमा पुगेकी हुन् । उनलाई परिवारकै सदस्यले प्रहरीको सम्पर्कमा लिएर गएका थिए । प्रहरी जवान रमिता श्रेष्ठको उजुरीपछि राउतलाई प्रहरीले प क्राउ पुर्जी जारी गरेको थियो।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले उनीविरुद्ध कानुनी प्रक्रिया सुरु भएको जानकारी दिए। ‘अरु केसमा जस्तै कानुनी प्रक्रियाअनुसार नै अगाडि बढ्छ, प्रशासनमा पेस गर्छौँ, मिलापत्रको प्रक्रिया पनि अपनाउँछौँ, आदि किसिमले अनुसन्धान अगाडि बढ्छ’, उनले भने।

अ भ द्र व्यवहार आ रोप लागेकी राउतलाई प्रहरीले सरकारी वकिलमार्फत प्रशासनमा आजै पेस गरी मिलापत्र गरेर छाड्ने तयारी भएको छ। उनी सोमबार बिहानै प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यसलगत्तै प्रहरीले उनलाई वीर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो।

Comments