धनगढी , १३ माघ । प्रहरीले जुवा खालबाट वडाध्यक्ष सहित १६ जुवाडेलाई पक्राउ गरेकको छ । कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ । पक्राउ परेका व्यक्तिहरुबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन ।
पक्राउ परेका सबै जुवाडेलाई केहीबेरमा पत्रकार सम्मेलन गर्ने सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

दानाबारी–राजदुवाली सडक कालोपत्रको शिलान्यास

छ दशक अघि यातायात चल्न शुरु गरेको झापादेखि इलाम जोड्ने दानाबारी ९सुखानी० –राजदुवाली ९इलाम० सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका छन् । विसं २०१७ मा इलामका तत्कालीन बडा हाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको बाटो विभिन्न कारणबाट ओझेलमा परेको थियो ।

प्रदेश सरकारको पहलमा सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका हुन् । स्थानीय व्यवसायी सावित्रा ढकाल कालोपत्र सडक निर्माणपछि दानाबारी क्षेत्रले विकासमा फडर्को मार्ने आशा रहेको बताए । हिम्ङुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रालि धापासी काठमाडौँले रु ४५ करोड ४७ लाख १५ हजार ८१९ मा सडक निर्माणको ठेक्का पाएको छ । आगामी २०७९ असार मसान्तमा सम्पन्न गर्ने गरी सडक कालोपत्रको सम्झौता गरिएको छ ।

सात मिटर चौडा रहने कालोपत्र पहिलो चरणमा सुखानीदेखि लोदिया बगैचासेरोसम्म १४ दशमलव सात किलोमिटर सम्पन्न गरिने भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव राजेश घिमिरेले जानकारी दिए । सडकको आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेपछि स्थानीयको मुहारमा खुशी छाएको हो । मन्त्री आङ्बोले विगतमा भएका राजनितिक अस्थिरताको शिकारमा परेको सडक आगामी ३० महिनामा सम्पन्न हुने बताए ।

प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा रमणले गुणस्तरीय सडक निर्माणका लागि स्थानीय बासिन्दा जागरुक हुनुपर्ने धारणा राखे । त्यसैगरी सो क्षेत्रबाट प्रदेशसभामा विजयी सदस्य काजीमान कागतेले जनताको आवश्यकता र वर्षौदेखि भोगेको सास्तीलाई बुझेर सडक कालोपत्र माग गरेको बताए । उनले प्रदेशसभाको चुनाव ताका गरेको प्रतिबद्धता पूरा भएकामा खुशी व्यक्त गरे ।

नगर प्रमुख दीपककुमार थेवेले इलाम र झापा जोडने यो सडक मेरुदण्ड भएको बताए । बर्खाको समयमा हुने सास्तीबाट नगरवासी मुक्त हुने भन्दै उहाँले खुशी व्यक्त गरे । सडक कालोपत्र भएपछि इलामबाट झापा झर्नेका लागि सहज हुनेछ । सो बाटो हुँदै इलाम सदरमुकामबाट झापाको विर्तामोड पुग्न करिब ५३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

Comments