काठमाडौं। हालै मात्र सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पोर्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सोमबार र मंगलबार सनसनी मच्चाएका हुन् ।

‘अस्ट्रेलिया का*ण्ड’ भन्दै अहिले एउटा भिडियो भाइरल बनेको छ । वास्तवमा उक्त भिडियोमा भएकी नेपाली भनिएकी युवती खासमा नेपाली नभएको तर भिडियो भित्र प्रयोग गरिएको अर्को सानो क्लिप भने नेपाली युवतीको दुरुपयोग गर्दै भिडियोवालो प्रयोग गरेको रहस्य खुल्न आएको छ ।

यद्यपी नेपाल प्रहरीले भने कदम कदाचित उक्त भिडियो नेपालीको भएमा सहयोग गर्ने भन्दै युवतीका आफन्तको खोजी गरिरहेको दाबी गरेको छ । अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भनी दावी गरिएको उक्त भिडियोमा युवक भने देखिएका छैनन् । युवतीको इच्छा विपरित बाहिर ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी भन्छ ‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन तर ति युवती नेपाली नै भएको र सम्र्पकमा आएको खण्डमा सहयोग गर्न तयार रहेोक साइबर ब्यूरो स्रोत बताउँछ । नेपाली भनेर भाइरल भइरहेको भिडियोमा सानो क्लिप जोडीएकी नेपाली युवती भने अहिले ब्यूरोको सम्र्पकमा आएको बताइन्छ ।

पीडित युवतीका अनुसार यो भिडियो उनको नभई यसमा उनको सानो क्लिप यसमा जोडिएको बताइन्छ । जुन भिडियो ति युवतीले अर्कै प्रसंगमा गरेको कुराकानीको एक टुक्रा मात्रै हो ।

यसअघि यसरी नै बंगाली र जापानी काण्ड भन्दै सामाजिक सञ्जालमा सनसनी मच्चाइएको थियो । भिडियोको यथार्थबारे केही खुल्न सकेको छैन । कतिपयले भने यसलाई दक्षिण भारतीय पो र्न फिल्मको भिडियो पनि भनेका छन् ।

 

Comments