मुम्बइ । भारतमा हालै जारी नागरिकता सम्बन्धि कानुनको मुस्लिम धर्मावलम्बीहरुले विरोध गरिरहेका छन् । सो कानुनले मुस्लिम धर्म मान्नेहरुलाई विभेद गरेको भन्दै विरोध भइरहेको हो । सो विषयमा भारतीय फिल्म अभिनेताहरुको पनि आवाज उठ्न थालेको छ । बलिउडका प्रभावशाली अभिनेता नसिरुद्धिन शाहले ढिलो गरी सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आफ्नो जिवनको ५० वर्ष भन्दा लामो समय भारतीय फिल्मका लागि दिएका शाहले आफू मुस्लिमको रुपमा भारतमा बस्न नसक्ने बताएका छन् ।

६९ वर्षीय अभिनेता नसिरुद्धिनले कानुनका कारण दुखी भएको प्रतिक्रिया दिएका छन् । कानुन पारित भएपछिको उत्पन्न परिस्थितिले आफुलाई त्यस्तो महशुष गराएको उनको भनाई छ ।

उनी भारतमा प्राज्ञिक वहस गर्ने अभिनेतामा पर्छन । भारतमा नागरिकता कानुनको विरोधमा प्रदर्शन उनी वाहेक अन्य चर्चित अभिनेताहरुले भने यस विषयमा मौन बसेका छन् । त्यसवाट आफुलाई आश्चर्य लागेको पनि उनले बताएका छन् । ‘द वायर’ले लिएको अन्तर्वार्तामा नसिरुद्धिनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ७० वर्षको उमेरमा आएर आफूलाई मुस्लिम प्रमाणित गर्नुपर्ने अवस्था आएकोमा दुख लागेको बताएका छन् । ‘म र मेरो परिवारले अहिलेसम्म यहाँ बस्न मुस्किल छ जस्तो लागेको थिएन, तर अहिले उनीहरुलाई मुस्लिमको रुपमा भारतमा रहन सकिँदैन भन्ने लागेको छ,’ शाहले भनेका छन् ।

नरेन्द्र मोदी नेतृत्वको २०१९ मा नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन ल्याएको थियो । जुन कानुन मुस्लिम समुदायप्रति पूर्वाग्रही भएको भन्दै देशव्यापी प्रदर्शन हुँदैआएको छ ।

Comments