एजेन्सी । मलेसियाले आफ्नो मुलुकमा आएका १५० वटा कन्टेनर फिर्ता गरिदिएको छ । ति कन्टेनर धनि मुलुकवाट प्लाष्टिकजन्य फोहोर बोकेर मलेसिया पुगेका थिए । मलेसियाले अब आफ्नो देश अन्य मुलुकका लागि फोहर फाल्ने कन्टनर बनाउन नचाहेको जनाएको थियो ।

अमेरिका, बेलायत, फ्रान्स र क्यानडाजस्ता धनी देशले फोहर लोड गरेर पठाएका कन्टेनर फिर्ता पठाएको हो । मलेसियाले आगामी दिन आफ्नो देश ‘डम्पिङ साइट’ नहुने बताएको छ । सन् २०१८ देखि उक्त दक्षिण–पूर्वी एसियाली देशमा अनाधिकृत रुपमा प्लाष्टिकजन्य फोहारको ढुवानी ह्वात्तै बढे पछि मलेसियाले यस्तो कदम चालेको हो ।

चीनमा सञ्चालित ठूलो पुनरचक्रिय उद्योगमाथि त्यहाँको सरकारले प्रतिबन्ध लगाएपछि विश्वका धनाढ्य राष्ट्रका फोहोर चीनका छेउछाउ देशमा अनधिकृत रुपमा लान थालिएको हो । त्यसमा पनि मलेसिया पनि मुख्य गन्तब्य थियो । तर मलेसियाले अब यस्तो कदम चालेपछि धनि राष्ट्रहरुका लागि टाउको दुखाई भएको छ ।

सोमबार मलेसियाका वातावरणमन्त्री यीओ बी–यिनले फोहोर बोकेका ढुवानी कन्टेनर फिर्ता गरिएको जानकारी दिएकी छन् । उनले १३ देशका ३७३७ मेट्रिक टन फोहोर फिर्ता गरेको जानकारी दिइन् । फिर्ता गरिएका १५० ढुवानी कन्टेनरमध्ये ४३ फ्रान्सका थिए, ४२ संयुक्त अधिराज्यका भएको उनले बताइन् । त्यस्तै अमेरिकाका १७ जहाज छन् भने क्यनडाका ११ छन् ।

एक लामो फेसबुक पोस्टमा यिओले लेखेकी छन्,‘मलेसिया विश्वको फोहोर फाल्ने ‘डम्पिङ साइट’ नहोस् भनेर सरकारले कदम उठाएको छ । ’ हाल फिर्ता गरिएको कन्टेनरको खर्च गन्तव्य देश र जहाज सञ्चालक कम्पनीले बेहोर्ने यिओले बताइन् ।

चीनले वातावरण सफाइको लागि भन्दै दुई वर्षअघि प्लाष्टिकजन्य फोहोरको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यस कदमले फोहोर अन्य देशमा फाल्ने देशमा खैलाबैला मच्चिएको थियो । भर्खरै ग्रिनपिसले सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०१८ को पहिलो सात महिनामा अमेरिकाबाट मलेसिया निर्यात हुने प्लाष्टिक फोहोर अघिल्लो वर्षको तुलनामा दोब्बर रहेको थियो । चिनले प्लाष्टिकजन्य कुरालाई रिसाइकलिगं गर्न यस्तो कदम उठाएपछि अन्य देशको प्लाष्टिक आयातमा कडाई गरेको हो ।

Comments