काठमाडौं, ७ माघ । मकवानपुरको थाहा नगरपालिकास्थित एक रिसोर्टमा मंगलबार बिहान अचेत भेटिएर उपचारका क्रममा निधन भएका ८ भारतीय परिचय खुलेको छ । उनीहरु दुई परिवारका सदस्य भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले आठै जनाको निधन भएको पुष्टि गरेका हुन्।

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जनामध्ये ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्राको निधन भएको प्रहरीले जनाएको छ । उनीहरुको पूरा नाम भने खेलेको छैन ।

मकवानपुर प्रहरीका अनुसार उनीहरु घुमफिरको लागि नेपाल आएका थिए। रिसोर्टमा राति आएका उनीहरू हिटर लगाएर झ्यालढोका डामडुम लगाएर सुतेका थिए। हेर्दाखेरि बेहोस भएको देखिएको घटनास्थलबाट एक प्रहरीले जानकारी दिए।

निधन भएका मध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष रहेका छन्। प्रहरीले बिहान ८ बजे यसबारे जानकारी पाएको थियो। रिसोर्टका वेटरले ७ बजे चिया लैजाँदा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आठ जना घाइतेलाई काठमाडौं उपचारका लागि पठाइएको थियो। तर काठमाडौंको ह्याम्स अस्पतालमा पुर्याइएलगत्तै उनीहरुको निधन भएको घोषणा गरिएको थियो। हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । निधन भएका आठै जना एउटा कोठामा बसेका थिए। उक्त रिसोर्ट थाहा नगरपालिका(४, दामनमा रहेको छ। भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको निधन भएको हो । प्रहरीले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा जगदिशचन्द्र विष्टले जानकारी दिए । मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए ।

उनले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको सांसद दामोदर भण्डारीले जानकारी दिए ।

Comments