गरिबिले मानिसलाई कल्पना पनि गर्न नसकिने काम गर्न बाध्य बनाएको हुन्छ । आमाबुवाको लागि छोराछोरी सबैभन्दा ठूलो सम्पत्ती हुन् । उनीहरुको भविष्यका लागि आमाबुवा जे पनि गर्न तयार हुन्छन् । तर विपन्नताले मानिस यति मजबुर हुन्छ की तिनै छोराछोरी पनि बेच्नुपर्ने अवस्था आउने गर्छ । सुन्दा अचम्म लाग्ने घटना विश्वमा भइरहेका छन् ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुले अफ्रिकाका केही मुलुकमा आमाबुबाले थोरै पैसाका लागि आफ्ना छोराछोरी बेच्ने गरेको खुलासा गरेका छन् । निकै थोरै पैसाका लागि आफ्ना छोराछोरी आमाबुवाले विदेशीको जिम्मा लगाइदिन्छन् । विदेशीहरुले ति बालबालिकालाई नराम्रो काममा प्रयोग गरेका हुन्छन् । गरिबीको चपेटामा पिल्सिएका अफ्रिकी मुलुक गाम्बियामा यस्तो भइरहेको छ । छोराछोरीको भविष्य र आफ्ना लागि दुई छाक टार्न भन्दै आमाबुवाले आफ्नै छोराछोरीको व्यापार गर्ने गरेको भेटिएको छ ।

यतिसम्म कि उनीहरुले आफ्ना छोराछोरीलाई जम्मा २०० रुपियाँमा बेचिरहेको र किन्नेहरुले ती बालबालिकालाई नराम्रो काममा लगाएको खुलेको छ । द सनको वेभसाइटमा छापिएको समाचारको अनुसार थुप्रै बच्चाहरु बेच्न र किन्न राखिएको पाइएको छ । अन्य मुलुकवाट घुम्नका लागि त्यहाँ पुगेका विदेशीहरुले ती बालबालिकालाई किन्ने गरेका छन् । धनि व्यक्तिहरुले गरिब देशको कमजोर कानुनी व्यवस्थाको फाइदा उठाउँदै बालबालिका खरिद गरिरहेका छन् त्यो पनि नराम्रो कामका लागि । जो विदेशीहरु बिदा मनाउन त्यहाँ जान्छन् तिनीहरुले नै यस्तो व्यापार चलाइरहेका छन् ।

उक्त वेभसाइटमा छापिएका तस्बिरहरुमा गोरा विदेशीसँग अफ्रिकी मुलका बालबालिकाको तस्बिर देख्न सकिन्छ । उनीहरु ती बालबालिकालाई खुवाउने, घुमाउने र तिनीहरुसँग शारीरिक स’म्बन्ध राख्ने गरेको ति संचार माध्यमले जनाएका छन् । वेभसाइटका अनुसार पुरुषहरु मात्रै होइन महिलाहरु पनि बच्चाहरु किन्ने गर्छन् । गरिबीका कारण आमाबाबु ति बच्चाहरु विदेशीहरुलाई सुम्पिन्छन् ।

त्यहाँका मानिसहरु बच्चा विदेशीलाई दिएर उनीहरुको उज्वल भविष्यको कामना गरेको भएपनि त्यहाँ त्यस्तो हुँदैन । उनीहरुका छोराछोरी जोखिमयुक्त काममा लगाइन्छन् । उक्त वेभसाइटले गरिबीको चपेटामा परेका आमाबुबाले छोराछोरी बेचिरहेको तस्बिर सार्वजनिक गर्दै ती आमाबुबाले केवल २ युरोको लागि छोराछोरी बेच्ने गरेको खुलासा पनि गरेको छ ।

Comments