एजेन्सि – सिंघमको नामले चिरपरिचत भारतको पंजाब पुलिसमा कार्यरत डिएसपी अतुल सोनीले आफ्नै श्रीमती माथि गो ली चलाएको आरोप लागेको छ ।

डिएसपी सोनीमाथि उनकै श्रीमतीले ह त्याको प्रयास र हा’तह’ति’यार सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गराएकी आजको आज तक समाचारले बताएको छ । घटना शनिबार रातको हो ।

अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रिसाए कि उनले श्रीमतीलाई गो’ली हा’नि’दिए ।

यद्यपि गो’ली उनकी श्रीमतीलाई लागेन । आ’क्र’म’णलगत्तै उनकी श्रीमती थाना आठ फेस पुगिन् र अतुलविरुद्ध उजुरी दिएकी हुन् । पुलिसले केस दर्ता गरेर जाँच सुरु गरेको छ ।

अतुल सोनीले आफ्नो सर्भिस रिभल्भरबाट नभए अ’वैध रिभल्भरबाट गो’ली चलाएका थिए । अतुल सोनीकी पत्नीको सहयोगमा पुलिसले घटनामा प्रयोग भएको ह’ति’यार र गो’लीको खोका बरामद गरेको छ ।

चण्डीगढका ५० वर्षका डिएसपी अतुल सोनी १९९२ मा सब इन्स्पेक्टरको रुपमा पंजाब पुलिसमा भर्ती भएका थिए । २०१८ मा उनी डिएसपी बनेका हुन् ।अतुल सोनी फरार छन् ।

Comments