पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको निधन भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा उहाँको निधन भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

च रेससहित वडा सदस्य पक्राउ

बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो च रेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् । उहाँले प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको च रेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका दुवैलाई ला गुऔ षध अ पराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

घरेलु म दिरा बरामद

जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रका विभिन्न ठाउँबाट अवैध घरेलु म दिरा बरामद गरी आज नष्ट गरिएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको ४२४ लिटर घरेलु म दिरा न ष्ट गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो ।

उहाँले जिल्लामा म दिरासे वन गरी होह ल्ला गर्ने १६ लाई नियन्त्रणमा लिई का रवाही गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले छाउपडी गोठ भत्काउने म दिरा नि यन्त्रण गर्नेलगायतका कार्यलाई सक्रियताका साथ लागू गर्दै आएको छ ।

Comments