हेटौंडा । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको करणीपछि ह त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५, क्याम्पाडाँडामा मृ त भेटिएकी अजिताको करणीपछि ह त्या भएको तेस्रोलिंगी अधिकारकर्मी सुरजकिरण थापाले दाबी गर्नुभएको हो ।

लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आउनुभएकी भुजेलको श व वि भ त्स अबस्थामा फेला परेको थियो । भुजेलको घटना रहस्यमय रहेकोले गहिरो अनुसन्धानका लागि श वको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै पठाइएको थियो ।

अधिकारकर्मी थापाका अनुसार भुजेल न ग्न अबस्थामा भेटिएकोले करणी भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।
हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंगी अजिताको श वको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ । पोष्टमार्टममा अजिताको घाँटीमा नि लडा म, टाउकोमा चो ट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवहादुर थापाले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार पोष्टमार्टम रिपोट तीन दिनभित्र आउनेछ । फुपाजू थापाले अजिताको ह त्या भएको भन्दै यसमा संलग्न कसैलाई पनि छाड्न नहुने बताउनुभयो । अजिताको घाँ टीमा बत्तीको ता र बे रिएको र घाँ टीमा नि लडा म देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिनुभयो । शं कास्पद् केहीलाई सोधपुछ गरिएको बताउँदै उहाँले अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रहरीले अजिताको ह त्या भएको आशंकामा केहीलाई सोधपुछ गरेर अनुसन्धानको घेरामा राखेको जनाएको छ । एसपी राठौरले अजितासँग शा रीरिक स म्बन्ध राख्नेहरुको पनि खोजी भइरहेको बताउनुभयो । उहाँले अपराधी कुनै हालतमा उम्कन नपाउने दाबी गर्नुभयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अजिताको परिवारले घटनामा संलग्न दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । अजिताका काका गेदबहादुर भुजेलले घाँ टीमा ता रले बे रेको र नि र्वस्त्र सडकमा फालिएको अबस्थामा श व भेटिनु शं कास्पद् भएको बताउनुभयो ।

घटनाले यौ निक तथा लैंगिक अल्पसंख्यक समुदायले असुरक्षित भएको बताएका छन् । अधिकारकर्मी थापाले षडयन्त्र गरेर अजिताको ह त्या भएको हुनसक्ने भन्दै दोषीलाई कारबाही गर्न प्रहरीसँग अनुरोध गरिएको बताउनुभयो ।

अजिताले लगाएको सुनको गहना, मोबाइल भेटिएको छैन । अजिताको करणीपछि ह त्या भएको भन्दै किरणले अजिताको ह त्यासँगै यौ निक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले असुरक्षित महसुस गरेको बताउनुभयो । उहाँले सुरक्षाको ग्यारेन्टी गर्न माग गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Comments