लक्जरी कार निर्माता कम्पनी औडीले भारतमा क्यू सिरिजको नयाँ औडी क्यू८ लन्च गरेको छ । सो कार ४ ढोका भएको लग्जरी कुपे र शानदार एसयूभीको कम्बिनेसन रहेको छ ।

कम्पनीका अनुसार औडी क्यू८ कार अर्डरमा मात्र निर्माण गरिने छ । भारतमा सो कार सीभीयूको रुपमा आयात गरिनेछ । कम्पनीले भारतीय बजारमा २०० युनिट औडी क्यू८ बिक्री गर्नेछ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली भारतमा लन्च भएको सो कारको पहिलो ग्राहक बनेका छन् ।

औडी क्यू८ मा बीएस६ इन्धन उत्सर्जन मानक भएको ४८भी माइल्ड हाइब्रिड सिस्टमको साथमा ३ लिटर, भी६ टर्बाे पेट्रोल इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ३४० एचपीको पावर र ५०० एनएमको टर्क जेनेरेट गर्छ । औडी क्यू८ को इन्जिनमा ८ स्पिड डीसीटी अटोमेटिक गियरबक्स समावेश गरिएको छ ।

कम्पनीका अनुसार सो कारले ५.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिन्छ । सो कारको अधिकतम स्पिड २५० किलोमिटर प्रतिघन्टा रहेको छ । सो कारको लम्बाई ४.९९ मिटर, चौडाई २ मिटर र उचाई १.७१ मिटर रहेको छ । सो कारको ह्विलवेस ३ मिटर रहेको छ । कारमा सामान राख्नको लागि १७५५ लिटरको स्पेस रहेको छ ।

औडी क्यू८ भारतमा लन्च हुने कम्पनीको पहिलो एसयूभी कुपे कार हो । कम्पनीले सो कार नयाँ स्टाइलको साथमा भारतमा लन्च गरेको छ । सो कारमा ठूलो ग्रिल, कुपे जस्ता सनरुफ, फ्रेमलेस डोर, स्ट्यान्डर्ड एचडी म्याट्रिक्स एलईडी टेक्नोलोजीको हेडलाइट, कन्टिन्यु रनिङ एलईडी स्ट्रिप लाइट, पावरफुल इन्डिकेटर्स र बोल्ड ह्विल आर्च समावेश गरिएको छ ।

सो कारको इन्टेरियर डिजाइन, लेआउट र फिचर कम्पनीको फ्ल्यागशिप सेडान ए८ बाट प्रेरित भएको छ । कारको भित्र औडीको लेटेस्ट ड्युअल टचस्क्रिन कन्ट्रोल सिस्टम समावेश गरिएको छ । इन्फोटेनमेन्ट र नेभिगेसन फङ्सनको लागि १०.१ इन्चको स्क्रिन रहेको छ । यसको तल ८.१ इन्चको दोस्रो स्क्रिनले हिटिङ, भेन्टिलेशन र एसी सिस्टमलाई कन्ट्रोल गर्छ । सो कारको एक्स सोरुम मूल्य १ करोड ३३ लाख भारु रहेको छ ।

सो कारको रेन्ज रोभर स्पोर्ट, पोर्श काइनी कुपे र बीएमडब्ल्युको एक्स६ जस्ता कारसँग प्रतिस्पर्धा हुनेछ ।

Comments