चितवनमा केही दिन तहल्का मच्चाएको एउटा घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना तनहुं भानुनगरपालिका ९ बाइसजागरमा भएको छ । चितवनका सन्तोष सुनारले आफु विदेशमा चर्को घाम सहेर कमाएको पैसा लिएर उनकी श्रीमती प्रमिला सुनार सम्पर्क विहिन भएकी थिइन् । एक महिना लामो खोजि पछि प्रमिला अर्कै पुरुषका साथमा फेला परिन् । अहिले त्यो घटना कानुनी कारवाहीका लागि अघि बढेको छ । केही दिन निकै चर्चित भएको यो घटना सेलाउन नपाउँदै फेरी तनहुँवाट त्यस्तै खबर आएको छ ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएकी छन् । तनहुँका नकुल अधिकारीको श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ती लिएर सम्पर्क विहिन भएकी हुन् । नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् । दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती सम्पर्क विहिन भएकी छन् ।

कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् । १३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी । कमाएको सम्पत्ती पनि छैन छिमेकीमा बस्न समेत अवस्था छैन । प्रत्येक घरवाट ऋण लिएर श्रीमती हराइन् । विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ ।

कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । आफ्नो श्रीमती लिएर जाने पनि दुवईमा बस्दै आएका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै भने, अनुपा कृपया मेरो छोरीहरुको भविष्य बरवाद नबनाईदेउ । तृष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन् । कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन् । विदेशी भूमीमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो । उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई अहिले दौडने बनाएकी छ ।

भागेर गएपछि पनि छोरीले लुकेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताए । छोरीले रुँदै लुकेर फोन गर्छ, मलाई आउन दिन्न बुवा कसरी आउनु भन्छ । अहिले तीन साता देखि छोरीको फोन पनि आउन छोडेको नकुलले बताए । अहिले जो संग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन् । पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले नराम्रो सोच्ने कुरा पनि भएन । दुवईवाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए ।

Comments