काठमाडौं, ३ माघ । आफु विरुद्ध विमानस्थलमा सुरक्षार्थ रहेकी महिला प्रहरीले दु’ब्र्य’वहा’रको उजुरी दिएपछि गायीका आस्था राउत फेरी फेसवुक लाइभमा आएकी छन् । उनी शुक्रवार दिउसो फेसवुक लाइभमा आएर रोएकी छन् । काठमाडौं स्थित त्रिभुवन विमानस्थलवाट भद्रपुर जाने क्रममा एयरपोर्टमा सुरक्षा जाँचका लागि खटिएकी महिला प्रहरीले आफूमाथि दु’ब्र्य’वहा’र गरेको भन्दै आज फेरि फेसबुक लाइभमा आएकी हुन् उनी। यसअघि उनलै जारी गरेको भिडियो प्रयोग गरेको भाषा र शैलीलाई लिएर चर्को आलोचना भइरहेको छ।

उता विमानस्थलमा सुरक्षार्थ रहेकी महिला प्रहरीले भने आस्था राउतले आफुमाथि अ’भद्र ब्य’वहार गरेको भन्दै उजुरी दर्ता गराएकी छन् । विमानस्थलमा के भएको थियो भन्ने प्रमाण सहित भिडियो समेत सार्वजनिक भएको छ । विमानस्थलमा रहेको सिसिटिभी फुटेजमा महिला प्रहरी र आस्था राउतबीचको टकराव देख्न सकिन्छ ।

विमानस्थलमा महिला प्रहरीसंगको विवाद पछि भद्रपुर पुगेकी राउतले फेसवुक लाइभमा प्रहरीका विरुद्ध अ’पश’ब्द प्रयोग गर्दै फेसवुक लाइभ आएकी थिइन् । उनले प्रयोग गरेका शब्दको निकै आलोचना भएपछि उनले त्यो भिडियो हटाएकी छन् । उनले आफुले प्रयोग गरेका केही शब्द नराम्रो भएको महशुष गरेर फेसवुक मार्फत माफी समेत मागेकी छन् ।

यसैबीच शुक्रबार दिउँसो आस्था एयरपोर्ट छिर्दै गर्दाको सिसिटिभी भिडियो फुटेज नेपाल प्रहरीले बाहिर ल्यायो। उक्त फुटेज सार्वजनिक भए लगत्तै आस्था राउत पुन फेसबुक लाइभ आएकी हुन्। लाइभमा उनले घटनाबारे स्पष्टिकरण दिएकी छिन्। साथै उनले आफूले अघिल्लो लाइभ भिडियोमा आ\क्रोशित प्रस्तुत भएकोमा माफी पनि मागेकी छिन्। मैले दुई चारवटा शब्दहरु बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु। तर, ममाथि दु’ब्र्य’वहा’र भएकै हो, उनले लाइभमा भनेकी छिन्।

उनले एयरपोर्टमा रहेकी महिला प्रहरीले सुरुमा ुज्याकेट खोल्नुस्ु भने पनि दोस्रोपटक ज्याकेट खोल्ु भनेको सुनिनस् ? भनेर त सम्बोधन गरेको बताएकी छन् । महिला प्रहरीले त सम्बोधन गरेर बोलेपछि आफू आ\क्रोशित भएको जनाएकी छिन्।

महिला प्रहरीले आफूमाथि हात हालेको र प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा पनि ज\बरज’स्ती कफी आफ्नो ब्यागभित्र हाल्न खोजेका कारण पनि आफुलाई बढी रिस उठेको राउतको भनाई छ । सार्वजनिक भएको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरेकी छन् ।

प्रहरीहरुप्रति आफ्नो सम्मान भए पनि ८० प्रतिशत् प्रहरीको बोली र व्यवहार जनाताप्रति रुखो भएको उनको दावी छ। भिडियोमार्फत् नै उनले प्रहरीको व्य’वहा’रको जरामा मलजल र औ’षधी उपचार गर्न सुझाव समेत दिइन्।

उनले आफु पहिलो देखि नै एग्रेशिभ स्वभावको भएका कारण महिला प्रहरीको ब्यवहार कारण संयमता गुमाएको स्वीकार गरेकी छन् । उनले यस अघि आफुले सार्वजनिक गरेको भिडियोको शैली प्रति माफी माग्दै महिला प्रहरीले आफुलाई दु’ब्र्य’वहा’र गरेको भने साँचो भएको बताएकी छन् ।

Comments