काठमाडौं, ३ माघ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई प’क्राउ गर्न दिएको आदेसका बारेमा फरक रह’स्य बाहिर आएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएकोे उजुरीका आधारमा अदालले प्रसाईलाई प’क्राउ गर्न आदेश दिएको हो । बुधवार अदालतले प’क्राउका लागि प्रहरीलाई अनुमति दिएको हो ।

आफूलाई घू’स मागेको आ’रोप लगाएकै कारण प्रसाईंविरूद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अ’भद्र व्यवहारको उजुरी हालेको र त्यसकै कारण प्रहरीले उनलाई प’क्राउ पुर्जी जारी गरेको भन्दै समाचार बाहिरिएको थियो । तर वास्तविकता भने अर्कै रहेछ । प्रसाईलाई घु’स मागेको गलत आ’रोप लगाएका कारण होइन अ’भद्र ब्यवहार गरेका कारण प’क्राउ पुर्जी जारी गरिएको रह’स्य खुलेको हो ।

प्रहरीले प्रसाईंविरूद्ध अनुसन्धान थालेको र जिल्ला प्रशासन कार्यालयले उनलाई प’क्राउ अनुमति दिएको कुरा सार्वजनिक भएको छ । घु’स मागेको आरोपमा नभई आफ्नो कार्यालयमा मान्छे पठाउने हु’ल दं’गा गर्ने गरेको भन्दै गिरीले उजुरी गरेपछि अ’भद्र व्यवहारमा प्रसाईं वि रूद्ध अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

यस अघि गिरी र प्रसाईबीच दोहोरी चलेको थियो । प्रसाईले आफुसंग गिरीले २० करोड रुपैया घु’स मागेको आ’रोप लगाएका थिए भने गिरीले उनको आरोप वि’रुद्ध अदालत जाने बताउँदै आएका थिए । पुस २७ गते प्रसाईंका मानिस सानो ठिमीस्थित आयोगको कार्यालयमा आएर हु’ल दंगा मच्चाएको र आफूले सुरक्षा थ्रेट महशुस गरेको भन्दै गिरीले उजुरी दिएको भक्तपुर प्रहरीका एसपी सविन प्रधानले खुलाएका छन् ।

Comments