युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको निधन भएको छ । ५ जना मध्य ३ जना नेपाली भएको पुष्टी भएको छ ।

नेपाली कामदार र अन्य देशका कामदार बोकेको गाडी दुर्घटना भएकोले ३ जना नेपालीको निधन हुनुका साथै १४ जना घाइते भएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।

यस घटनामा निधन हुने मध्य प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ झापाकी कृष्णकुमारी अधिकारी रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् । घटनास्थलमा देखिएका तस्विर तल हेर्नुहोस :

Comments