काठमाडौं । बिगत केहि दिन देखि सामाजिक संजाल र मिडियामा छाईरहेका चितवनका सन्तोष सुनार र प्रमिलाको कहानीको अब छिट्टै टुंगो लाग्ने भएको छ। प्रमिला र उनको दोश्रो पुरुष २० वर्ष सम्म जे ल बस्न परे पनि नछुट्ने भने पछी अन्तत सन्तोषले बहु बिबाहको उजु रि दिएका छन।

सन्तोषले अब श्रीमती संग कानुनि बाटो नै रोजेका छन भने प्रमिला र अर्का पुरुसलाई आजनै परासी जिल्ला चलान गरिएको छ। प्रमिलालाई परासीको एक घरमा भेटेको भएर अब मुद्द दा परासी जिल्लामै चल्ने भएर आज जिल्ला चलान गरिएको हो। अब भने सन्तोषलाई एउटा चुनौती थपिएको छ कि छोरा छोरीको मन बुझाउन पर्ने भएको छ।

एक महिना भन्दा धेरै दिन देखि सम्पर्क विहिन भएकी प्रमिला सुनारका दुई छोराछोरीले बुधवार प्रहरी कार्यालयमा भेटेका हुन् । आमा अर्कै पुरुषसंग सुनवलमा फेला परेपछि प्रहरीले कार्यालयमा लिएर गएको थियो । उनलाई सुनौली स्थित एक कोठावाट प्रहरीले लिएर गएको हो । उनी नेपालगन्जमा एक पुरुषसंग एक महिना यता संगै बस्दै आएको छिमेकीले बताएका छन् । श्रीमती सम्पर्क विहिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थालेका थिए । एक महिना पछि उनी अन्तत फेला परेकी छन् ।

दुई छोराछोरीकी आमा समेत रहेकी प्रमिला सम्पर्क विहिन भएपछि उनका श्रीमान र परिवारका सदस्य निकै चिन्तित थिए । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिकी हुन् । आमालाई भेट्न छोरा बशन्त र दिपा प्रहरी कार्यालय गएका थिए ।

Comments