काठमाडौँ, २ माघ । गायिका आस्था राउतको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनले आफुलाई महिला प्रहरीले दु र्व्यव हार गरेको आ रोप लगाउँदै सामाजिक सञ्जाल फेसवुकमा लाइभ आएर निकै वि रोध गरेकी छन् ।

उनको भिडियो अहिले भाइरल भएको छ । महिला प्रहरीले आफुलाई चेकजाँचको क्रममा ‘तँ’ शब्द प्रयोग गरेको, ज्याकेट खोल्न लगाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दु र्व्य वहार गरेको उनले आ रोप लगाएकी हुन् । भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि अस भ्य व्य व हार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आ क्रोश पोखेकी छिन् ।

यतिबेला राउतले प्रहरीप्रति आ क्रोश पोखेको भिडियो फेसबुकमा ‘भा इरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन । भिडियोमा प्रहरीलाई ‘ड न्ठे’, ‘ब न्दुके’, ‘पुलिस को कि फु लिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘प्रहरीलाई गा ली गलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’

सामाजिक सञ्जालमा च र्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रि सको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’

भिडियोमा प्रहरीलाई तथानाम गा ली गरेपछि सामाजिक सञ्जालमा यस बारेमा बहस भएको छ । धेरैले राउतको समर्थन र प्रहरीलाई गतिलो जवाफ दिएको प्रतिक्रिया दिएका छन् । यद्यपि आस्थाले प्रयोग गरेका शब्दप्रति पनि उनका फ्यान पनि असहमत देखिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएपछि आस्थाले उक्त भिडियो हटाइसकेकी छिन् । साथै उनले माफी माग्दै अर्को स्टाटस लेखेकी छिन् । तर, उनले प्रहरीले व्यवहार सुधार गर्नुपर्ने बताएकी छिन् ।

‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, केही शब्दहरुका लागि क्षमा चाहन्छु,’ आस्था राउतले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रशासनको कामहरुप्रति मलाई सधै सम्मान छ, तर सर्वसाधारणहरुसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, तँ तँ र म म गर्न बन्द गरियोस्, नैतिक शिक्षाको कमी नरहोस् ।’

Comments