काठमाडौं, २ माघ । काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा कुनै प्रकारको ख’तरा नरहेको दावी गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले रावल नेकपाकै नेता रहेको र सरकार पनि नेकपाकै रहेको भन्दै बालुवाटारबाट कसले कसरी धम्क्यायो भन्ने कुरा प्रष्ट हुन नसकेको बताए ।

एउटा अन्तरवार्तामार्फत रावलले आफूलाई ‘बालुवाटारबाट ध’म्की आएको’ खुलासा गरेको सन्दर्भमा सोधिएको एक प्रश्नमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘तपाईं पत्याउनु हुन्छ, प्रधानमन्त्री त्यस्तो हुनुहुन्छ ? सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री बाँस्कोटाले बालुवाटारबाट नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावललाई ज्यान मा’र्ने ध’म्की दिइएको भन्ने आ’रोपमा कुनै सत्यता नभएको बताएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारको प्रश्नमा उनले ध’म्की कस्ले दियो स्पष्ट पार्न चु’नौती दिए । ‘बालुवाटारबाट उहाँलाई कस्ले ज्यान मा’र्ने ध’म्की दियो ?’ बाँस्कोटाले प्रश्न गरे । बालुवाटारबाट कोही असुरक्षित नहुने उनको भनाई थियो । उनले चर्चामा आउन रावलले त्यस्तो आ’रोप लगाएको बताए ।

नेकपा नेता रावलले आफूमाथि बालुवाटारबाट ज्यान मा’र्ने ध’म्की आएको बताएका थिए । रावल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आ’लोचक बन्दै आएका छन् । उनले ओलीका कतिपय कदमहरुको खुलेर वि’रोध गर्दै आएका छन् । रावलको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासँग सामाजिक सञ्जालमा आ’रोप प्रत्यारोप समेत चल्दै आएको छ ।

Comments