नेपालगन्ज, २९ पुष । सरकारले पर्यटन वर्षको घोषणा गरेर कार्यक्रम सुरु गरेसंगै बाँके कोहलपुरका युवाहरु सो राष्ट्रिय अभियानलाई सफल बनाउने काममा लागेका छन् । युवाहरुले संघर्ष समिति नै गठन गरेर राष्ट्रिय अभियानलाई सफल बनाउने काममा लागेका हुन् । त्यसका लागि बाँकेको कोहलपुर, चप्परगौडि, खडकवार घुईयाबारी हुदै सल्यान जोडने अन्तरप्रदेशिय प्रर्यटन मार्ग निर्माणका लागि दववा श्रृजना गर्न संघर्ष समिति निर्माण गरी पहल थालिएको छ ।

प्राचिन कालदेखिनै सल्यान, रुकुम, जुम्ला, ह्म्ला, मुगु डोल्पा दाङका मानिसहरु नुन, तेल, कपडा र अन्य चिजहरुको व्यापार गर्ने नेपालगञ्ज आउने मार्ग भएकाले सो क्षेत्रको ऐतिहाँसिक महत्व छ । २०१६ साल देखि यो मार्ग बनाउने कुरा निरन्तर चले पनि यसले अहिलेसम्म मुर्तरुप लिन नसकेका कारण संघर्ष समिति गठन गरेर सरकारलाई दवाव दिने अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक सुर्य ढकालले बताएका छन् ।

पश्चिम क्षेत्रको ब्यापार र उद्योगका लागि हव बनेको बाँके त्यसमा पनि कोहलपुर अझ वडा न १२,१३ को विकास सग जोडिएको चप्परगौडि, खडकवार घुईयाबारी हूदै सल्यान जोड्ने अन्तर प्रदेशिय प्र्यटन मार्ग बनाउन सकियो भने कोहलपुरको आर्थिक, सामाजिक, धार्मीक विकासको रणनितिक महत्व राख्ने भएले अभियान सुरु गरिएको ढकालले बताए ।

उनले वर्षौ देखि सो मार्गको ऐतिहाँसिक महत्वलाई बुझेर आवाज उठाइएको भएपनि मुर्त रुप दिन नसकिएकाले नेकपाको सरकार भएकै अवस्थामा यसलाई मूर्त रुप दिन लागिएको नेकपाका नेता समेत रहेका ढकालले बताए । ताप्केको पिध नताते सम्म बिड नतात्ने. हुनाले वडा न १२ र १३ का वडाबासीहरुले अग्रपंक्तिमा रहेर यसको अगुवाई नगरि यस बाटोमा बजेटको व्यवस्था हुन र गर्न सकिदैन । सघर्ष समितिले आउने आर्थिक बर्षमा बजेटको व्यवस्था मिलाउन दबाव दिने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ संघर्ष समितिले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

संघर्ष समितिले कोहलपुर नगरपालिकाका मयेर लुट बहादुर रावतको उपस्थितिमा सर्वदलिय सर्वपक्षय अन्तरकृया कार्यक्रमको आयोजना गरेर अभियान सुरु गरेको हो । साथै सो अभियानलाई मुर्त रुप दिन सो क्षेत्रका सांसदह तथा मन्त्रीहरुलाई ज्ञापनपत्र समेत बुझाएको जनाएको छ । मन्त्री आरति पौडेल, मन्त्री सुर्दशन वराल, नेकपाका सचेतक शान्ता चौधरी एवं पूर्व सांसद तिलक परियारलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । त्यस्तै सांसद महेश्वर गहतराज, दाडका सांसद हिराचन्द्र केसी, सल्यानका टेक बहादुर बस्नेतको नेतृत्वमा भौतिक पुर्वआधार तथा यातायत मन्त्री समक्ष पनि ज्ञापनपत्र बुझाएको जनाएको छ ।

ज्ञापन पत्रमा सो मार्गका लागि ३० करोड रुपैया विनियोजन गर्न माग गरिएको छ । सो अभियानलाई अझ शसक्त बनाउन समितिले प्रदेश न ५ का मुख्य मन्त्री शंकर पोखरेल कर्णली प्रदेशका अर्थ मन्त्री प्रकास ज्वाला, राष्टिय योजना आयोगका उपाध्यक्ष डा, पुष्पराज कडेल तथा बाँकेवाट प्रदेशमा प्रतिनिधित्व गर्ने सबै सांसदलाई हजारौको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको विज्ञप्तीम उल्लेख गरिएको छ ।

Comments