वागमती प्रदेश सरकारले आगामी माघ १० गते अर्थात् सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रुपमा मनाउन पर्व हो । प्रत्ये वर्ष माघ शुक्ल पक्षको प्रतिपदाको तिथिका दिन यो वर्ष मनाइन्छ ।

तामाङ जातीको पर्व सोनाम ल्होसारमा विभिन्न प्रदेशले सार्वजनीक विदा दिदै आएका छन् ।प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

Comments