काठमाडौं, २६ पुगा । भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। निकै महंगोमा प्याज किन्न बाध्य नेपाली उपभोक्ताले केही राहत महशुष गरेका छन् । एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आए पछि उपभोक्ताले केही राहत महशुष गरेका हुन् । वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ सय रुपैयाँमा किनबेच भइरहेको छ।

काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १ सय ३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि (१६ पुस) भारतीय प्याजको मूल्य १ सय ९५ थियो। अहिले भारतमा पनि प्याजको मुल्यमा गिरावयट आएपछि नेपालमा त्यसको प्रभाव परेको हो । अफ सिजनमा अधिकांश मुलुकमा प्याजको मुल्य बढ्ने गरेको छ । ‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’

कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्। व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ। भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्।

प्रदेश नं ३ को बैठकमा प्रदेशको नाममाथि छलफल शुरु

प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल, साझा विवेकशील पार्टीको रमेश पौडेल र शोभा शाक्य, राप्रपाका रीता माझी र राप्रपा (संयुक्त) को रीना गुरुङले सर्मथन गरेका थिए ।

उक्त प्रस्तावमा नेपाल किसान मजदूर पार्टीका नेता सुरेन्द्रराज गोरसाइले सङ्घीय राजधानी काठमाडौँलाई रक्षाकवजको रुपमा जोड्न प्रदेश नं ३ को राजधानी हेटौँडा तोकिनु औचित्यपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले आगामी वर्षहरूमा प्रदेशका जनतालाई आधारभूत विकासको साथै आर्थिक समृद्धितर्फ जोड्ने कार्यको लागि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले प्राचीन सभ्यताको प्रतीकका रुपमा रहेको वाग्मतीको नामकरणलाई सहमतिका साथ पारित गर्न लागिपर्ने राय दिए । वाग्मती प्रदेशको नामकरणसम्बन्धी छलफलमा सहभागी हुँदै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले उक्त प्रस्तावमाथि आफ्नो सर्मथन नरहेको र प्रदेशको अधिकांश जिल्लामा आदिवासी जनताको बहुल्यता रहेको तथ्य औँल्याउँदै उक्त समुदायलाई पनि आत्मसम्मानका साथ समेटिने खालको प्रदेशको नामकरण गर्न सरकारसँग माग गरे ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आइतबार बिहान ९ बजे बस्ने गरी स्थगित गर्नुभयो । आज दुई पटक सञ्चालन भएको बैठक करिब तीन घण्टा २० मिनेट चलेको थियो ।

Comments