भोपाल । भारतको मध्य प्रदेशको राजधानी भोपालमा एक व्यक्तिले आफ्नो लिभइन पार्टनरको घाँ टी रे टे र ह त्या गरेका छन्। यी दुबै बीच सासु र ज्वाइको नाता पर्ने बताइएको छ। ह त्याको सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले श वलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। घटना भारतको भोपालस्थित अशोका गार्डन क्षेत्रको हो।

भारतीय प्रहरीका अनुसार अशोक विहार कोलोनीमा शाहीन नामकी महिला शाहरुख खान नामका युवकसँग लिभ इन टुगेदरमा बस्दै आएकी थिइन्। शनिबार शाहीन र शाहरुखबीच झगडा भयो। झगडाको कारण शाहीनको देह व्यापार थियो। शाहरुखले शाहीनलाई देह व्यापार नगर्न र यस दलदलबाट बाहिर आउन कयौँ पटक आग्रह गरेका थिए। तर उनले शाहरुखको कुरा नमानेपछि यसै विषयमा झगडा हुँदै आएको थियो।

आइतबार यसै झगडाले उग्ररुप लिएपछि शाहरुखले शाहीनको ह त्या गरिदिए। पछि आफैले गराए साथीलाई जानकारी पछि शाहरुखले आफै यसको जानकारी आफ्ना एक साथीलाई गराएका थिए। घटनाको जानकारी साथीलाई गराएपछि उनी आफ्नो फ्ल्याटबाट फरार भए।

कसैले घटनाको जानकारी प्रहरीलाई दिएको थियो। जानकारी पाउँनासाथ घटनास्थल पुगेको प्रहरीले र गत ल तप त्ति एको अवस्थामा शाहीनको श व फेला पारेको थियो। नाताले सासु ज्वाइ थिए शाहिन र शाहरुख आश्चर्यमा पार्ने कुरा त के छ भने अत्याका आरोपी शाहरुखको २ वर्ष पहिले मात्रै शाहिनको छोरीसँग विवाह भएको थियो।

विवादपछि शाहरुखको आफ्नी सासुसँग प्रेम सम्बन्ध बन्यो। त्यसपछि शाहिनले पनि आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिन्। सम्बन्ध विच्छेदपछि शाहिन आफ्ना ज्वाइसँग एक फ्ल्याटमा बस्दै आएकी थिइन्। भारतीय प्रहरीका अनुसार शाहिन देह व्यापारमा पनि लि प्त थिइन्। गतवर्ष उनलाई देह व्यापारको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले अहिले ह त्याका आरोपी शाहरुखको खोजी गरिरहेको छ।

यो पनि पढ्नुहोस  : बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ । किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् ।

अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् ।

चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने बताउँछन् ।

यसले मष्तिक निष्क्रिय बनाउने गर्दछ । स्क्रिनमा अत्यधिक समय बिताउने बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्ने हुन्छ । साथै मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्दछ ।

मोवाइलबाट छुटकारा दिलाउन के गर्ने ?

बालबालिकामा रहेको मोवाइलको कुलत हटाउन उनिहरुलाई मोवाइल दिएर भुलाउनुको सट्टा आफुले समय दिनुपर्ने हुन्छ ।

यसका लागि बालबालिकासँग रमाउने, उनीहरुलाई समय दिने, उनीहरुको कुरालाई प्राथमिकता दिएर सुन्ने तथा कुराकानी गर्ने गर्नुपर्दछ ।

केहि अभिभावकहरु व्यस्त भएको भन्दै समय नदिने साथै आफ्नो काममा मात्र ध्यान दिने गर्दछन् । तर यसको सट्टा उनीहरुसँग खेलेर समय बिताएमा बच्चामा रहेको मोबाइलको कुलत हटेर जान्छ ।

साथै घरमा रहेका टिभि, कम्प्युटर, ल्यापटप, मोवाइल, भिडियो गेम लगायतका विद्युतीय उपकरणलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुहोस् ।

यदि उमेर अनुसार चलाउन दिनु परेमा पनि निश्चित समत तोकेर मात्र दिनुहोस् । उनीहरुलाई रोचक कथा, प्रसंग तथा नविनतम जानकारी दिनुहोस् । यसो गर्नाले उनीहरुमा रहेको मोवाइलको लत हटेर जानेछ ।

यो पनि पढ्नुहोस : जाडोको समयमा तात्तातो भेजिटेबल थुक्पा (बनाउने विधि)

जाडोको समयमा चिसोका कारण धेरै पटक भोक लाग्ने गर्छ । जाडोमा तातो खानेकुरा खानाले जिउ तातो हुन्छ । जाडोमा विभिन्न सब्जीहरूमा पाइने पोषक तत्वले भरिएको थुक्पा खाँदा जाडो भागेर शरीर न्यानो हुनुका साथै यसलाई पकाउने विधि पनि एकदम सजिलो हुन्छ ।

बजारमा सजिलै किन्न पाइने विभिन्न सब्जीहरूको प्रयोग गरिएर पकाएको थुक्पाले शरीरलाई उर्जा दिनुका साथै फाइदा पनि गर्छ । थुक्पामा घरमा सजिलै पाइने विभिन्न भेजिटेबल राखेर पकाउन सकिन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा फरक स्वादका लागि मानिसहरू थुक्पा खान निकै रुचाउँछन् ।

मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ । थुक्पा बनाउन चाहिने सामग्री– उमालिएको थुक्पा नुडल्स, मसिनो गरेर काटेको भेजिटेबलहरू (गाँजर, क्याप्सिकम, बन्दा, मटर, प्याज, काउली, सिमीको प्रयोग गर्न सकिन्छ) टमाटरको पेस्ट, प्याज, लसुनअधुवाको पेस्ट, नुन, खुर्सानी, मसला, हरियो धनियाँ, बेसार, दुई चम्चा तेल, सोया सस, कागती ।

थुक्पा बनाउने विधि– एउटा भाडोमा तेल राखेर सानो–सानो गरी काटिएको सब्जीहरू भुट्ने, खैरो भएपछि राम्रोसँग चलाउने र फ्राइ हुन छाडिदिने र फ्राई भएपछि सब्जीलाई छुट्टै निकाल्नु पर्छ । बचेको तेलमा प्याज, लसुन अधुवाको पेस्ट राखेर भुट्ने, त्यसपछि टमाटर, बेसार, नुन, खुर्सानी, मसला तथा सोया सस हालेर राम्रोसँग चलाएर पकाउने ।

टमाटर मसलासँग गल्न सुरु भएपछि माथिका सबै सब्जीहरू राम्रोसँग मिक्स गर्नुहोस् । यी सब्जीहरू काँचै खान मिल्ने भएकोले दुई–तीन मिनेट मात्रै पकाउँदा पुग्छ । सबै सब्जीहरू टमाटरसँग भुटेपछि आफूलाई चाहिनेअनुसार पानी राखेर उमालेर यसमा थुक्पा नूडल्स राखेर बिस्तारै चलाउने । चलाउँदै एक मिनेट पकाएपछि हरियो धनियाँ र कागतीको रस निचोरेर चिसोमा तात्तातो भेजिटेबल थुक्पाको मजा लिन सक्नु हुन्छ ।

Comments