सोम बिक्रम सिंह : के राजा र यूवराजको मन मुटाव थियो ?

हो थियो, एकदमै थियो । तर यो घर घरको कहानी हो जस्तो लाग्छ । भन्ने हो भने मेरो घरमा पनि आफ्नो बुवासंग पटक्कै ठ््याक मिल्दैन । यो जेनेरेसन ग्याप हो भन्ने मलाई लाग्छ । मेरो जीजुबुवाको कोठाको बाहिर जीजुवुवाको पाउपोस यानि कि जुत्ता चप्पल देख्ने बित्तीकै हाम्र्रा काका वुवाहरु त्यो कोठा नाग्ने काम गर्दैनथे, कोठाबाहिरबाटै सुईकुच्चा ठोक्थे तर हामी बुवासंग चियर्स गर्दै र क्सी पीउँछौं ।

त्यो बेला जिजुबुवासंग हाम्रा काका र बुवाहरु ठाडो आँखाले हेर्न सक्दैनथे, जे बुवाको आदेश आउँछ त्यहि सहर्ष स्वकार्थे, त्यो आदेश सायद त्यती सान्र्दभिक नभएपनि एक किसिमको निरंकुशता लादिएको हुन्थ्यो । हामी चाहिं कुराहरुलाई लिएर यो मिलेन त्यो मिलेन भनेर बिबिदमा उत्रन्छौं । कुनै बिषयलाई लिएर छलफल गर्छौं । कहिले बुवाहरुको कुरा तल पर्छ, हाम्रा काका बुबाहरु त्यो कुरालाई सहर्ष स्वकार्दैनन् तर कहिले काहीँ मात्र । अनि कुरा झिक्छन्् हामी हाम्रा वुवालाई मुन्टो उठाएर हेर्न सक्थेनौं भनेर । हो त्यस्तै कहानी थियो राज परिवार भित्र पनि, कुनै बिषयलाई लिएर कलह पनि मच्चिन्थ्यो रे ।

गौरव शमसेरको दोस्रो छोरीको पास्नीको भोजमा देखिने गरि नै विवाद परेको थियो रे । ज्ञानेन्द्र सरकार, धिरेन्द्र सरकार राजा स्वयं तथा अरु शाही खान्दान तथा नातेदारको अगाडी दिपेन्द्रले राजा बिरेन्द्रलाई यसरी छुद्रो ब्यवहार गरे बिचरा राजा २ दिन हराए । उनले राजा बिरेन्द्रलाई एउटा घर चलाउन नसक्नेले के देश हाँक्नु, छोड्दे हुन्छ, म देश चलाउँछु मात्रै के भनेका थिए भोजमा सन्नाटा छायो । राजा बिरेन्द्रले टेष्ट गर्न लिएका ह्व स्कीको ग्लास त्यसै फालेर हिँडे, भोज मान्न आएकाहरुको रुवाबासी चल्यो ।

त्यस्तै २०५६ सालको माघ तिर दिपेन्द्रले सम्पुर्ण परिवार खाना खान लाग्दा, बिबाहको बिषयलाई लिएर बादवीवाद हुँदा डिनर टेवल र खाना सहित उल्टाएर हिँडेका थिए । तत्पश्चात दिपेन्द्र परिवारसंग बसेर खाना खानै छोड्दिए । बाबु छोराबिच माया ममता र बाबुलाई आफ्नो छोराप्रति गर्व भएपनि देशको राजनितीक परिस्थीती, पारिवारिक झमेला तथा निजी कुराहरुले बारम्बार मनमुटाव भै नै रहेको थियो ।

किन विवाहलाई लिएर आमासंग मनमुटाव भयो त ?

लण्डनमा होस् वा जतासुकै होस्् स्व. दिपेन्द्र गाना गाउँदा भाका लगाउँदा वा दोहोरी खेल्दा माया पीरती तथा विवाहसंगै जोडेर गीत गाउँथे । यसपाली त घरवार होलाकी, पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात, च्यानकुटी च्यानकुटी झ्याई गर्ने बाजा, नक्कलीलाई भगाई लग्यो झिल्केले, कान्छीलाई घुमाउने काठमाडौ शहर यस्ता कयौं लोकप्रीय गीत गाएर उनि साथीभाई र पाहुनाहरु संग मनोरञ्जन गर्थे ।  रमाईलो गरिरहँदा पनि वरिपरी बच्चा देखे समातेर फोटो खिच्ने र अटोग्राफ दिने गर्थे ।

आमा जुद्ध शमसेर र देवयानी चन्द्र्र शमसेरको सन्तान । दुबैजना प्रखर दुस्मनका पनातिनी र खनातिनी । मिल्न नदिने कुरा यहि नै थियो की ? चन्द्र शमसेरले जुद्ध शमसेरलाई सम्पुर्ण सम्पत्ती राज्यकरण गरेर देश निकाला गरेको प्रधानमन्त्री जुद्ध शमसेर महाराजालाई अर्को रोलक्रममा भएको, प्रधानमन्त्री चन्द्र शमसेर महाराजले कार्वाही गरेको हिन्दी सिनेमाको कथा जस्तो  ।

दुस्मनका छोरीसंग यूवराजको पीरती बसेको, कारण अरु मध्ये यो पनि हुन सक्छ, रानी ऐश्वर्यालाई अपाच्य भएको । छोरा दिपेन्द्रलाई रानी ऐश्वर्याले बेला बेलामा ध म्क्याई रहेकी हुन्थीन् देवयानीलाई बिवाह गरे तैंले दरवार छोड्नु पर्छ, म निराजनलाई राजसंस्थाको उत्तराधिकारी दिन्छु । हुनत राजाको उत्तराधिकारीलाई यो सानै शब्द भएपनि महाभारतै हुने भै गयो ।

के भएको थियो त दरवार का’ण्ड हुने दिन ?

विहान आफ्नो दैनिकी सिध्याई यूवराजको ११ बजेर ९ मिनेटमा सुप्रीया संग भेट भएको थियो । उनले त्यो दिन घटनाको केहि छनक पनि सुप्रीया संग साटासाट गरेको देखिएको थिएन । त्यसपछि उनि साफ गेमको तयारीको निरिक्षण गर्न करिव ४ बजे सातदोवाटोको अन्तराष्ट्रिय स्वमीङ हलमा गएका थिए । फर्केर आएर स परिवार नमनराज पाण्डे, दिल्ली बजारमा भोजमा सरिक भएका थिए ।

त्यहाँ यूवराज दिपेन्द्रको उदास अनुहार देखेर नमनराजलाई अल्ली मनमा चसक्क पनि भएको थियो रे । त्यसपछि दरवारमा ७ बजेको शाही पारिवारिक जमघटको तयारीका लागी दिपेन्द्र आफ्नै मुमा बडामहारानीलाई महेन्द्र मञ्जीलमा लिन गई त्रिभुवन सदनमा लिएर सवारी भएको थियो । जमघटमा तीन ग्रुप तीन तीर छरिएर आ आफ््नै तालले मनोरञ्जन गरिरहेका थिए । यूवराज दिपेन्द्र त्यस दिन आफ्नो प्रीय पे’य प’दार्थ रम हनी तथा खुकुरी र’म नलिई फेमस ग्राउच लिएर बसेका थिए ।

गाँ जा र च’रेस’को न’सामा मुग्ध भएका समयमा फेरी त्यहि बिबाहको कुराले माहौल ततायो, फेरी पनि रानी ऐश्वर्याले त्यहि पुरानो डाईलग दोहोर्याईन्, श्रीपेचबाट बिमुख, यदि आफ्नै सुरले त्यहि केटिलाई विवाह गरे, उत्तराधिकारी निराजन हुने । त्यहाँ गाँ’जा र च’रे’सको शान्तिप्र्रीय ट्रिप भन्दा र’क्सी’को अ’ग्र्रे’सि’भ मातले रंग देखायो । यूवराज पारस, निराजन सरकार तथा राजीव शाही सहित ४ जनाले उनलाई बाकेर कोठाको भुँई बिछ््यौनामा सुताएर तल ओर्लिए ।’

के साँच्चीकै दिपेन्द्रले गो ली बर्साए त ?

मैले मेरो जस्तै सोच्ने अरु ब्यक्तिहरु पनि पाएं । दीपेन्द्रले नै यो कार्य गरेको हो भने कसरी आफ्नो बुवा आमालाई बर्साए त ? कि त्यहाँ मु’कुण्डोधा’री थिए । यो चाहिं मलाई पनि बकवास लाग्छ, नाटकीय कुराहरु झैं दुईवटा मु’कुण्डोधा’री यता उता घुमिरहेको । खोई कहाँ गए त ती दुइ मु’कुण्डोधा’री, आकाश र धर्ती कसले ति दुई मु’कुण्डोधा’रीलाई निगल्यो ?

के चाहिं हुन सक्छ भने उनले मा र्छु भनेर मा रेका होईनन् की ? तर फेरी त्यस दीन उनी आर्मि डे«समा कमाण्डो झैं गरी दुईवटै हातमा बन्दुक बोकी अर्को दुईवटा खल्तीमा राखेर भयकंर डरलाग्दो गरी आएका थिए रे । शायद आफ्ना बाबु आमालाई तर्साउन माथि सिलिगंतिर गो ली हानेका थिए की ? नभन्दै त्यहाँ सिलिगंमा बस्र्ट गरेको गो लीका प्वालहरु थिए रे ।

त्यही गो ली बाउन्स भएर वा झुक्किएर आफ्नो बाबुलाई लागेपछि मानसिक सन्तुलन गुमाई शाखा सन्तालाई हान्न थाले कि ? मनमुटाव भएपनी सोझा बाबुलाई लागेपछी उनी बहुलाएर आमातिर लाग्या पो हुन की ? आमालाई छेक्दा आफ्ना भाईलाई हान्या हुन की ? अंग्रेजीमा तिमीले गर्नु क्षती गरीसक्यौ अब भयो भन्ने काका धीरेन्द्रलाई दोहोरयाई दोहोरयाई हा’ने’का छन् । बाबुलाई त यिनी माया पनि गर्थे । बिचरा राजा बीरेन्द्रलाई सोझो नभन्ने सायद दरबारका कुनै शाही कर्मचारी भेटिंदैनन् ।

सबैलाई तिमि भनेर सम्बोधन गर्ने । शाही परिवारको यति सम्म उहालाई प्रेसर थियो कि बेला बेलामा हराईरहने । देशको राजा नै समय समय हराईदिंदा राष्ट्र र जनताले थाँहा नपाए पनि उहाँ कहिले सोफा मुनी सुतिरहेका भेट्टिन्थे रे कहिले दरबारमा कसैलाई खवर नगरी नुवाकोट दरवारमा निस्किन्थे, कहिले नागार्जुनमा पानीमा ढुंगा हानीरहेको भेटिन्थे रे ।

तत्कालीन अवस्थामा दरबार भित्र रहेका केहि ब्यक्ति अहिले पनी सम्झन्छन्, राजा बीरेन्द्रलाई डाईनिङ टेवलमा खाना राखिदिएपछि कुन बेला आएर खान्थे कुन बेला उठेर जान्थे थाहा हुन्थेन । खाना जति ल्यायो त्यती खाईदिने थप्न नी नपर्ने, शाही भान्छेले त राजाको अनुहार नदेखेको हप्तौं भै सकेको थियो रे । तसर्थ आफ्ना सोझा बाउलाई गो ली लागेपछि दिपेन्द्र झन भड््केकी, सन्तान नै सोत्तर पार्न ।

मानिसले कुरा उठाउन सक्छ, दुवै हातले बुलमा हान्ने मान्छेले कसरी गलत गो ली दागे भनेर ? के गर्नु यो संसारमा मेस्सी रोनाल्डो जस्ताले त पेनाल्टी मिस गर्छन्, यो त साँच्चै भयो मेरो यस्तो होला की उस्तो होलाकी भन्ने तर्क । तर साँच्चैकै पनि रिसले मार्या हुन सक्छन् । दानव नाम भिरेका असुर ब्यवहार गर्ने जो थिए ।

केही ब्यक्तीले यो संसारमा  आफ्ना वावु, आमा, सन्तान छोराछोरी मार्ने दानविय ब्यवहार गरेका मिडीया मार्फत हामीले सुन्ने तथा देख्ने गरेको पनि हो । दिपेन्द्र काग मा’रेर हैरान गर्ने क्रु’र व्यवहार पनि देखाउने गर्थे रे भने चराको पखेंटा मात्रै का’टी’दि’ने, झिं’गा’को प’खेंटा टा’उको छि’ना’उने, कुकुरको पुच्छरमा आ’गो लगाईदिने अनि त्यसलाई खुव रमाईलो मा’नि मनोरञ्जन लिने ।

पकेट मनी तथा पैसाको कारण थियो त ह त्या ?

एकचोटी देउवा प्रधानमन्त्री हुँदा राजा बिरेन्द्रलाई ६० करोड दरवारको खर्चको लागि छुट्याईदिउँ भन्दा होईन प्रधानमन्त्री ज्यू २० करोड भए दरवार, परिवार र शाही कामदारको खर्च पुग्छ किन त्यत्रो जनताले तिरेको करको पैसा चाहियो र भनेछन् । कति सोझा, अरु भएको भए ६० मा अल्ली थप न भन्थे । रानिले आफ्ना छोरा छोरीलाई पकेट मनि छुट्याएर कमै दिन्थीन् रे । त्यस समय सुनिन्थ्यो उनि पैसाको जोहो गर्न आफ््ना शाही पाश्ववर्तीलाई पनि भन्थे रे ।

यूवराजको कमलपोखरीनेर एउटा मोटर वक्र्ससपमा सानो लगानी छ रे भनेर सुनिने गथ्र्यो । आफ्ना स्कुलका साथी भाईसंग मिलेर ब्यपार गरेको कुरा सुनिन्थ्यो । राजा तथा उत्तराधिकारीले ब्यापार गर्न बन्देज गरेको समय थियो त्यो । यूवराजले आफ्नो खर्च जुटाउन अदृश्य तरिकाले लगानि गरेको पनि भन्थे । उनि त्यहाँ आफ्नो गाडी मर्मत गर्न सम्म पुगिरहेका हुन्थे ।काण्डमा आगोमा घ्यु थप्ने काम यस पकेट मनीको वादविवादले पनि गरेको थियो की अड्कल काट्ने पनि गरिन्छ ।

अन्तिममा दोषका भागिदार उनि नै भए

कारण जे होस्, अड्कल मार्नेले जे सुकै मारुन्, किताव बिकाउने उद्देश्यले जे सुकै कथा बुनुन अधिकाशं त्यहाँका शाही परिवार, नातेदार, शाही कामदार, हितैसी तथा शाही पार्सवर्तीले उनि माथी नै औंला उठाएको छ । टिका धमलाले त घोषणा समेत गरेका थिए, आज दिपेन्द्र्र बाँचेर राजा भएको भए पनि उनि  यो देश छोडेरै जान्थे । शोभा सरकार तथा कयौं शाही परिवारले आफ्ना आफन्त गुमाएकाहरुले पनि यस घटनाले साह्र्रै मर्माहत तुल्याएको छ र यदि दिपेन्द्र राजा भएका भए उनिहरु आफ्नो मातृभुमी छाडेर जान तयार थिए ।

के दिपेन्द्रमाथी यत्रो घृणा थियो जसले दिपेन्द्रलाई दोष लगाउन बाध्य भए ? के यस्तो भयो राजा ज्ञानेन्द्रसंग तर्सेर यिनीहरु चुप लागेर बस्न बाध्य भएका ? त्यस्तो कदापी हुन सक्दैन, किनभने आज देश राजतन्त्र हटेर गणतन्त्रमा गै सकेको छ । जनताहरु आफ्ना सन्तान र आफन्त बेपत्ता पारेकोमा सत्य निरुपण तथा बेपत्ता नीकायमा राजा ज्ञानेन्द्र्र बिरुद्ध उजुरी दिन भ्याईसके भने के आफ्ना सन्तान गुमेका अरु शाही परिवारले राजा ज्ञानेन्द्र र पारस शाहलाई दोशी बनाई उजुरी दिन किन सकेनन्  त ?

यत्रा बिदेशी सञ्चार माध्यमहरु राजा ज्ञानेन्द्र र युवराज पारसलाई दोसी देखाउन उद्यत थिए, उनिहरुले त्यस घटनालाई जोडेर त्यस समय दरबारमा उपस्थित हुनेहरुलाई पैसाको प्रलोभन देखाएर केहि बोल्दिन आकर्षित पनि गरेका थिए । किन पैसाको लोभमै भएपनि राजाको शक्ती नभएको अवस्थामा उनिहरु आकर्षित भएनन् त ? किन त्यस समय घटनामा उपस्थित हुनेहरुले यूवराज पारसलाई हिरोको रुपमा हेरे ?

उनिहरु भन्छन् त्यस समय कोही हिरो थियो भने त्यो पारस शाह थियो । किनभने, उनले त्यस समय यहाँ नहानिबक्सीयोस्, हजुरले धेरै क्षती बनाईसकिबक्स्यो, यहाँ बहिनीहरु मात्रै छन् भनेर रोकेका थिए । किन कुन मुडले हो स्व दिपेन्द्र्र त्यहाँबाट फरक्क फर्केर गए । त्यसैले त्यहाँ अरु धेरैको ज्या न जानबाट जोग्गीयो ।

घटना लगत्तै उनै पारसले सा स गै सकेकालाई पछि, लौन पहिले जस जसको सा स छ गाडिमा राखेर हस्पीटल लानुपर्छ भनेर जुन जुन गाडी भेट्यो त्यहि त्यहि गाडिमा हालेर हस्पीटल पठाउने काम गरेका थिए । पारस दोसी थिए भने त उनले सबै भन्दा पहिले आफ्ना ठुलो बुवा धिरेन्द्र र केतकीलाई गाडीमा हालेर हस्पीटल पठाउने थिएनन् होला, म रोस् भन्नेले बचाउनको लागि किन पठाए त ? त्यसमा आफ्नी आमा, केतकी, शोभा सरकार तथा गोरख बाँचे भने अरु हस्पीटलमा  मृ त घोषित गरियो ।

किन अहिले सम्पुर्ण राज खान्दान, शाहि कामदार सम्पुर्ण पाश्र्ववर्ती दिपेन्द्रको नाम सुन्ने बित्तीकै चिडिन्छन् ? किन उनको कुरा गर्ने बित्तीकै त्यसको कुरा नगर दानव हो त्यो भन्छन्् ? त्यती माया गर्ने बहिनी श्रृतिलाई त दरबारको एक कार्यक्रममा उनि गर्वाअवस्थामा पेट र मुखमा ला’त्तै ला’त्ताले हि’र्काएर आफ्नो अशुर स्वभावको प्रर्दशन गरेका थिए ।

मलाई एउटा घटना सुनेर आज पनि आङ्ग सिरिङ्ग हुन्छ । केहि बर्ष अघि हामी राजा ज्ञानेन्द्र्रको भ्रमणको सन्दर्भमा धनगढी गएका थियौं । त्यहाँ एकजना दाई जो राजाको सवारी चलाउने गर्थे । ति ड्राईभरको मोवाईल रेकर्ड सुन्दा म स्तब्ध भएँ । हामी देउता, मातापीता, झाक्रीको बिश्वास अलि चाहिने भन्दा बेसी नै गछौं । भगवानले दिए पनि पीतृले हर्छ भन्ने कुरामा बिश्वास गर्छौ तसर्थ पुजा गर्नु भन्दा पहिले आफ्ना पितृलाई फुल तथा जल चढाउने काम गर्छौ ।

उहाँको मोवाईलमा भएको रेकर्डले के साँच्चै नै पितृ छ त ? के अन्धविश्वास मात्र हो भन्नेमा सोच्न बाध्य गर्छ ? एकदिन उहाँ आफ्ना बुबा आमा समान राजा बिरेन्द्र र ऐश्वर्य स्वर्गीय भएको चिन्तामा एक मातालाई देखाउन जानु भएछ, मातालाई बिश्वास गर्नु नगर्नु भन्दा पनि त्यो रेकर्डमा उहाँको जस्तो स्वर तर केटाको स्वरमा कतै कतै हामीले पहिचान वा सुनेको चिच्चाहटले म अवाक भएं ।

स्वर रानी ऐश्वर्याको जस्तो आभाष हुन्थ्यो । घ्वा घ्वा रुने कराउने अनि समय समयमा हामीले खान पाएनम्, पानी पाएनम्, हामीलाई साह्रो गाह्रो भो, त्यसले हामीलाई मार्यो, त्यो पापीले मार्यो भन्दै दिपेन्द्रलाई इंकित गर्ने स्वर ऐश्वर्याको जस्तो । झन् हामी तर्न पाएनौं भन्दा त मेरो आँखा नै रसायो । मलाई अप्ठ्यारो महशुष भयो तर यो अन्धबिश्वासको कुरा, यो कुरा मैले अरुलाई रोमाञ्चीत पार्नको लागि लेखिरहेको भन्दा पनि मैले अबिश्वास पनि गर्न नसकेर र बिश्वास पनि गर्न नसक्ने अवस्थाले गर्दा हो ।

आर्मि कलेजको भूपु प्रधानाध्यापक हेमन्त शमशेर जबरा युबराज दीपेन्द्रलाई टुयुसन पढाउन दरबार जाने गर्थे । त्यसैक्रममा एकदिन दीपेन्द्र सरकारसँग त्रिभुवन सदनको एउटा कोठामा उनले किन झयालमा किला ठोकी बन्द गरेर राखेको भन्ने जिञासा राखेछन् । दीपेन्द्रको भनाई अनुसार त्यो कोठमा स्व. त्रिभुवन र पशुपति शमशेरका बुवा विजय शमशेर सधै र क्सी खाएर भलाकुसारी गर्ने रहेछन् । एकदीन बिजय शमशेरले त्यो झ्याल बाहिर ठूलो लाखे देखे भनेर बिन्ती जाहेर गरेछन् । त्यसको करिब ३ महिना पछि बिजय शमशेरको अकस्मात निधन भएछ ।

त्यसको केहि समय पश्चात त्रिभुवन सरकारले पनि मैले पनि त्यो झयालमा लाखे देख भनेर आफनो परिवारलाई सुनाएछन् । उहाँको पनि करिब ३ महिना भित्रमै देहान्त भयो भनेर भनेछन् । तत्पश्चात त्यो झयाललाई कहिल्यै खुल्ने नगरेर किल्ला ठोकेर बन्द गरीएको थियो । तसर्थ यो घटना देखि नै दीपेन्द्रमा भुतप्रेतको पनि मानसीक रुपले ग म्भिर असर परेको थियो कि भनेर हेमन्त शमशेर भन्छन् ।

मेरी श्रीमती साहेवज्यू खलक पर्ने हुनाले हामीले बेला बेलामा शाह परिवारको पितृ बिग्रेको, कुल बिग्रेको अथवा कुल देवता राम्ररी नमानेको प्रशंग उठाईरहन्छौं । एकदिन मेरी श्रीमतीको दाजु ठुलो दुर्घटनामा परे । उनलाई सैनिक अस्पतालमा लगियो । महिनौं दिन कोमामा बसे । सबैले आस मा’रेका थिए, धन्न एकदिन होस खुल्यो, उनलाई आईसियुमा सारियो । त्यहि दिन उनले आफ्नी श्रीमतीलाई क्यान्टीनको मोवाईल मागेर एसएमएस गरेछन् ।

उनी राजाको शाहि पाश्र्ववर्ती भएर काम गरेका उनको डियुटी अफ भएर घर जान लाग्दा त्यत्रो दरवार काण्ड भएको थियो । पछि उनले नै राजा बिरेन्द्रल््राई काखमा राख्दा बिरेन्द्रले उनिसंग मलाई पेटमा गो ली लागेछ भनेर भनेछन् । तर उनको घाँटीबाट भल्भल् र गत बगेको देखेर त्यँहा छोप्दीएछन् । बिचरा राजा बिरेन्द्र्रले आफ्नो पेटमा मात्र गो ली लागेको महशुष गरेका रहेछन् ।

त्यहि भएर उनले एसएमएसमा अंग्रेजीमा दरवार काण्डका दोषी दिपेन्द्र्र नै हुन्  भनि आफ्नो नाम तथा ¥याङ्क लेखी पठाएछन् । हामी सबै जना खुशिले गद्गद भयौं, उनको एसएमएसको म्यासेज भन्दा हामीले के सोच्यौं भने ल उनले आफ्नो मेमोरी टेस्ट गरेका रहेछन् अव उनि स्वस्थ भए भनेर खुशियाली मनायौं । पछि उनि घर आएर बुझ्दा त त्यो मेसेज लेखेको उनलाई त्यति होस नै रहेनछ । उनले त अव आफु बाँच्दिन म’र्छु होला भनेर संसारको भ्रम चिर्न पो यस्तो मेसेज पठाएका रहेछन् ।

दिपेन्द्र दोषी होईनन् भने दोषी को त ?

संयोगले निराजन सरकारको पनि त्यो दरवार काण्डमा ईहलिला समाप्त भयो । बाँचेका भए बिचराले बसि खान सक्थेनन् । एक त आमाको प्यारो अर्को दिपेन्द्रलाई गद्धीच्यूत गराउने दोषले गर्दा ।  के निराजन सरकार बाँचेका भए काण्डका मुख्य नायक तथा योजनाकारको आरोपबाट बच्न सक्थे त ?

हुन त सन् २००८ मा एकजना खुस्र्कट तुल प्रसाद शेरचनले पत्रकार सम्मेलन गरि राजाले बिदेशबाट सम्पत्ती फिर्ता ल्याउन मानेनन्, अनि मैले ह त्याको योजना बनाएको हुँ भनि संसार हँसाए पछि थाहा लाग्यो उनि ठगी काण्ड तथा उट्पट्याङ गर्दै हिड्ने मान्छे रहेछन् । ठगीमा नख्खु बसेका उनि म शाही ईन्टीलिजेण्टको मुख्य ब्यक्ती हुँ र दरवार काण्डको समयमा बिभिन्न नेतालाई भेटें भनेर गफ पनि हाँके ।

तसर्थ यसमा प्रसंग उठाउने प्रयास किन गरिएको हो भने एउटा कित्ताले समय समयमा राजा ज्ञानेन्द्र र पूर्व युवराज पारसलाई पनि अभियुक्त हो भनि संसार सामु पेस गर्ने गरेका छन् तर त्यो आफ्नो राजनितिक अभिष्ट पुरा गर्न मात्र । रामचन्द्र पौडेलले दरवारकाण्डको लगत्तै दिपेन्द्रको हात छ भन्नु गीरीजाले मलाई पशुपति भक्त महर्जनले त्रिभुवन सदन लाने समयमा दरवारका कर्मचारीले सबै सफा गरिसकेका रहेछन भनी अझ घटनालाई रहस्यमय बनाउने उद्धेश्यले किन भने ?

झलनाथ खनाल, माधव गीरीजा प्रचण्ड, बाबुराम जस्ताले यो घटनालाई थप रहस्य हुने किशिमले किन बोले र आफु प्रधानमन्त्री हुँदा किन यसमा कमीटी गठन गर्ने तात्पर्य देखाएनन् ? माधव नेपाल त बिपक्षी नेताको हैसियतले त्यस छानबिन कमिटीमा बस्न पाउनु पर्छ भन्ने, पछि कमिटीमा नाम आउनासाथ राजिनामा ठोकेर कुलोलाम ठोके एक भगौडे नेता झैं ।

खाली यस घटनालाई आफ्नो राजनितीक भर्याङको रुपमा मात्रै प्रयोग गर्छन् । घरी घरी यसमा सबैले बिदेशी संलग्नता मात्रै देख्छन् । यसै गरि किन चक्र प्र. बास्तोलाले दरवार काण्डमा अमेरिका र भारतको हात देखे ? हुँदा हुँदा नेपाल चिन अध्ययन केन्द्रबाट प्र्रकाशित मदन रेग्मीको कितावमा प्रा. वाङ चुले यो घटनामा अमेरिका र भारतको खु नी हात देखे । त्यसैगरी प्र्रधानमन्त्री हुनु भन्दा अघि हाम्रा प्रधानमन्त्रीको अभिब्यक्ती हेर्ने हो भने त्यहि बिदेशी शक्तीको हात देख्छन् तर किन हो त्यो स्थानमा पुग्ने बित्तीकै कुन चाहिँ शक्ती संग डराउँछन् थपक्कै चुप लागेर बस्छन् ।

अन्तमाः हुन त यी घटना भन्दा अगाडी दिपेन्द्रको ३ चोटी देवयानीसंग कुरा भएको छ । २०.१२ मा १ मिनेट ४ सेकेण्ड, दोस्रो २०.२५ मा १४ सेकेण्ड र तेस्रो चोटी २०.३१ मा ३२ सेकेण्ड ।  त्यस बेलाको फोनको रेकर्ड किन निकाल्ने प्रयास गरिएन ? त्यो निजी मामला हो या त्यसमा चासो नभएको हो । त्यस समय देवयानी भारतिय दुतावासमा थिईन् भनिएको छ त्यसमा पनि कुनै ठोस सत्य बाहिर आएको छैन ।

यो घटना हुने बित्तीकै किन देवयानी भारत गईन ? डर, त्रासले हो वा हाम्रा नेताझैं राजनीतिक दाउपेच गर्न पर्यो कि सिटामोल खाने बहानामा भारत जाने ? यो पनी रहस्य छ । फेरी अन्तिम पटक देवयानीसंग कुरा गर्दा राजा बीरेन्द्र गो लीले ढलेपछि अंग्रेजीमा म राजा भए भनेर चिच्याएर फोनमा कुरा गरे भन्ने छ । उनले शिथिल भएका राजा र धीरेन्द्रको शरीरमा लातले हाने भन्ने पनी छ । जो त्यहाँका उपस्थित भएका मुखले सत्य नै हो भनेका छन् ।

हुन त दरबार काण्ड भएको यो पहिलो चोटी होईन । बिभीन्न कालमा बिभीन्न ब्यक्तिद्वारा दरवारको शक्ति र गद्यीको लागी बेला बेलामा ठूलो पर्व भएको छ । हामी पनी बझागं जिल्लाको सानो राज्य बुगंल भन्ने ठाउँमा हाम्रो राज्यको रजबार खाने चलन छ, कुनै समय त्यहाँको रजबारको पदवीको लागी ठूलो र क्त पा त भएको थियो । यो कथा अहिले पनि हुड्क्यौली तथा अन्य पर्वमा कथा तथा भाका हाली खेल्ने चलन छ ।

हाम्रा बराजुले विवाह गरी दुलही भित्रयाएछन्, पत्नीको गर्व नवसे पछि फेरी अर्को विहे गरेछन् । तत्कालीन समयमा सानो उमेरमा विवाह हुने, बिचरा शिक्षाको कारणले थाहा भएन होला भन्ने बित्तीकै गर्व बस्दैन भनेर । जेठीमा गर्व भएछ, तर बचन चाहिं कान्छिको छोरालाई रजवारको उत्तराधिकारी दिने भनेछन् । कान्छिको पनि गर्व बसेछ, एकतिर रजबार खुशी अर्कोतिर आफ्नो छोराले उत्तराधिकारी नपाउने त्रास तथा पिर ।

कारणवस, कान्छिको सात महिनामा नै बच्चा जन्मेछ । त्यसपछी हाम्रो सन्तानमा का’टा’मा’र चलेछ । एकले अर्कोको सन्तान सि’द्याउने खेलमा हाम्रा बाजे १४ बर्षको कलिलो उमेरमै भु्रण बचाउने उद्देष्यले काठमाण्डौं भागेर डोलीमा हालेर ल्याईएको ईतिहास छ ।

तसर्थ दीपेन्द्रले यी घटना आफु राज्य ह’त्या’उ’न गरे पनी यसको पछाडी कोही तथा कसैको उक्साहट तथा हात त थिएन भन्ने सोचबाट जो कोहि बाहिर जान सक्दैन । कसै कसैले त दीपेन्द्रले आफ्ना मन मिल्ने सुरक्षाकर्मीलाई स्टयाण्ड २ लगाएर राखेका थिए भन्ने भनाई पनी छ तर त्यो कत्तिको सान्र्दभिक छ वा छैन खोजको बिषय नै हो ।

फेरी यत्रो घटना भएपछी शायद दरबारको इतिहासमा नै पहिलो पल्ट छानवीन कमिटी गठन गरेर सत्य तथ्य बाहिर ल्याउने प्रयास गरिएको हो । तर यस छानवीन उच्च कमिटीमा कसरी प्रजातान्त्रिक तथा कांग्रेस खेमाका मात्रै दुई सदस्य मात्रै राखियो, यो एकदम सोचनीय बिषय छ । यो साईकोलोजिष्टको लागि एउटा खोजनयि बिषय हुन्थ्यो, किन एउटा साईकोलोजिष्ट छानबिन सदस्यको रुपमा राखिएन ?

न्यायधीसको काम फैसला दिएर न्याय दिलाउने मात्रै हो । यत्रो जेनोसाईट तथा क्रा’ईम भएको घटनामा किन एउटा क्रिमिनोलोजिष्ट बिज्ञलाई सदस्यको रुपमा लिईएन ? घटनाको छानवीन तथा घटनाको प्रकृतिको उच्च तवरले केलाउने काम प्रहरीको थियो किन यसमा भू.पु भएपनी एउटा प्रहरी बिज्ञलाई नियुक्त गरिएन ? दरबार काण्डको मुख्य अभियुक्तको रुपमा आफना शाखा सन्तान गुमाएका तथा पत्नी घाईते भएका ब्यक्ति राजा ज्ञानेन्द्र र छोरा पारसलाई अभियुक्त झैं दोषिको रुपमा अगाडी ल्याई रहँदा पनी अपराधी हो वा होईन भन्ने प्रतिवेदनले प्रष्ट्याउने कुनै प्रयास गरिएन ।

यसमा नैतिक रुपले नदिने तत्कालीन प्रधानसेनापतीले दरबार काण्डको सुरक्षार्थ सेनाको होईन भन्ने अभिब्यक्ति दिन पर्यो, यसले जनतामा थप रहस्य पैदा गरिदियो । हो शाही नेपाली सेनाको ज्युरेडिक्सन भित्र दरबारको प्रमुख सचिवालय देखिएता पनी वास्तवमा राजा परमाधिपती भएको नाताले हो वा युवराज उमेर पुगेकाले हो, त्यहाँ सुरक्षार्थ युवराज आफैले हेर्ने गर्दथे । तर सबैले राजा बीरेन्द्र भएपछी पछिल्लो समयमा दरबार एक आपस शक्ति आफनोमा निहित गर्नेले कमजोर भईरहेको थियो । दरबारमा राजा एक्लिएका थिए, सबै एकातिर भै सकेको अवस्था थियो ।

तर जे होस् घटना घटयो, राष्ट्रले ठूलो घाटा ब्यहोर्नु पर्यो, एउटा सन्तानै गुमाएर शाह बंशमा ठूलो आपत पर्यो । यही घटनालाई लिएर कसैले आफ्नो स्वार्थ पुरा गर्न लागे, विदेशी शक्तिलाई नेपालमा आफ्नो स्वार्थ लादन सजिलो भया भने यही घटना कसैको लागी ठूलो जोक भयो ।

यत्रो घटना घटेर राष्ट्र शोकमा रहेको बेला सत्य तथ्य बुझ्न पर्खि बसेको जनताको अगाडी आएर प्रतिवेदन सुनाउने समयमा जुन तवरले तत्कालीन सभामुख तारानाथ रानाभाटले खेलाची गर्दै, हास्दै बन्दुक समाएर यी यसरी र्याटयाट्याट, र्याटयाट्याट, र्याटयाट्याट दीपेन्द्रले हा ने भनेर प्रश्तुती दिए, प्रतिवेदन एउटा जोकको रुपमा परिणत भयो । दुःख लाग्दो कुरा नेपालले त्यस समय, राष्ट्रसंघसंग पनि सहयोग मागेको भए हुन्थ्यो ।

तर जे भएपनी राजसंस्थामाथि परेको दुःख पिडा, देशलाई परेको क्षतीलाई मनन गर्नैपर्छ । अब आएर जिवित रहेका पूर्ब राजसंस्थाका सदस्यहरुमाथि तुक नभएको पुराना कुराहरु कोट्याएर आरोपित गरी दुःखि बनाईरहनु भन्दा उक्त कालो घटनालाई बिर्सेर राजसंस्थाले नेपाल र नेपाली जनताको हितका लागि अहिले सम्म गरेको र गर्दै आएको योगदानको मनन गर्दै संस्थाको गरिमा र महत्वलाई बुझने प्रयत्न गरियोस् ।

Comments