समाजमा विवाहलाई जति पवित्र विधि मानिन्छ, श्रीमानश्रीमतीको सम्बन्ध पनि उत्तिकै पवित्र मानिन्छ। तर भारतको मुम्बईमा यस्तो घटना बाहिरीएको छ, जसमा पैसाको लेनदेन र वे’श्यावृ’त्तिको व्यापार मात्र नभएर पतिले आफ्नी श्रीमतीलाई साटासाट गरेर रात बिताएको खुलासा भएको छ।

यो घटना कांदिवली पूर्वको समता नगर ठाना अन्तर्गत ठाकुर कम्प्लेक्स क्षेत्रको रहेको बताइएको छ। जहाँ तीन साथीहरूले आफ्ना पत्नीहरू साटासाट गरेर रात बिताउने गरेका थिए। यी तीन मध्ये एक साथीकी श्रीमतीले उनका पति र उनका साथीहरूको विरुद्धमा उजुरी गरेपछि घटना बाहिर आएको हो । प्रहरीले यस घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको छ।

प्रहरीले बताएअनुसार कांदिवली पूर्वमा बस्ने आरोपी आफ्नो परिवारसँग बस्दै आएको र उसको १६ वर्ष अघि विवाह भएको थियो। शेयर बजारमा काम गरिरहेका उनका दुई साथीहरू छन्। उनीहरू निजी कम्पनीहरूमा काम गर्छन्। उनकी श्रीमतीले दिएको उजुरीमा उनका पतिले तीन दिन अघि आफ्ना साथीहरूलाई घरमा ल्याएर पतिले दुई साथी र उनकी पत्नी बीच शा’रीरिक स’म्पर्क गरेका थिए । त्यतिमात्र मात्र होइन, उनका पतिले यौ’न सम्पर्क गरिरहेको समयमा भिडियो पनि बनाएका थिए।

जब श्रीमतीले आफ्ना पतिलाई यसबारे सोधे पछि उनका श्रीमानले तीनै जना साथीले साथीका पत्नीहरूसँग यस्तो गरेको र एक अर्काका श्रीमतीसँग सम्पर्क गर्नु गलत नभएको बताएपछि श्रीमतीले समता नगर पुलिस स्टेसनमा मुद्दा हालेकी थिइन।

यो पनि पढ्नुहोस : १०१ वर्षकी वृद्धाले जन्माइन् बच्चा, भन्छिन्, ‘भगवानको आशिर्वाद’

विज्ञानले प्रमाणित गरेको छ कि–४० वर्ष उमेर कटेपछि महिलाको प्रजनन् क्षमतामा कमी आउँछ । तर इटालीकी एक वृद्धाले विज्ञानलाई चुनौती दिंदै र विश्वलाई चकित बनाउँदै १०१ वर्षको उमेरमा आमा बनेकी छन् ।

बच्चा उनको कोखबाट जन्मिएको यो १७ औं सन्तान हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औं बच्चालाई शल्यक्रिया गरेर जन्म दिएकी हुन् । उनको शल्यक्रिया टर्कीमा गरिएको छ ।

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो । १०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आशिर्वाद बताएकी छन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी राखिएको छ ।

यो पनि पढ्नुहोस : कति छ अम्बानीकी छोरीको सम्पत्ति ?

भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीकी २८ वर्षीया छोरी इशा अम्बानीको गत बर्ष डिसेम्बर १२ मा विवाह भयो । इशा परिमल ग्रुपका कार्यकारी निर्देशक आनन्द परिमलकी श्रीमती बनिसकेकी छन् । सो भव्य विवाह समारोहमा विभिन्न क्षेत्रहरूको दिग्गज सेलिब्रिटी पुगेका थिए । विवाह मुम्बईको अम्बानीको घर ‘अन्टिटिया’ मा भएको थियो।

इशा अम्बानी देशको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बनीको छोरीको रूपमा चिनिन्छ । तर यसबाहेक इशाको पनि फरक पहिचान छ। फिनप्याप रिपोर्टको अनुसार, इशा अम्बानीको कुल वार्षिक आय १२ अरब ८४ करोड २६ लाख रुपैयाँ रहेको छ । साथै उनि रेन्ज रोवर, पोर्श र मर्सिडीज बेन्ज जस्ता गाडिको पनि मालिक हुन् ।

येल र स्ट्यानफोर्ड जस्ता विश्वविद्यालयबाट पढाइ सकेकी इशा निकै प्रतिभाशाली छन्। यसको क्षमताबाट अनुमान लगाउन सकिन्छ कि २००८ मा सबै भन्दा कम उमेर अर्वपति छोरीहरुको सुचीमा इशा अम्बानी दोस्रो स्थानमा थिइन् ।

विद्यालयको पढाइ सकेपछि इशाले मनोविज्ञान र दक्षिण एशियान अध्ययनमा येल विश्वविद्यालयबाट स्नातक गरिन् र स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीएमा डिग्री हासिल गरिन् ।

उनि येलमा आफ्नो अध्ययन गर्दै गर्दा बुबा मुकेश अम्बानीलाई जियो सुरू गर्न सुझाव दिएकि थिइन् । सो कुराको हालै मुकेश अम्बानीले २०११ मा इशाले जियोको सुरुवात गर्न सुझाएको बताएका छन् ।

येलबाट आफ्ना अध्ययनहरू पूरा गरेपछि इशा अमेरिकाको विश्वव्यापी व्यवस्थापन परामर्श फर्म एण्ड कम्पनीमा काम गरिन् । अक्टोबर २०१४ मा उनि जियो र रिलायन्स स्टिलको बोर्ड अफ निर्देशक बनिन् ।

उनले आफ्नी आमाले जस्तै स्ट्यानफोर्डमा पढाई गरेकी थिइन्। उनि व्यापार मात्र होइनसबै तिर व्यस्त वनिन् २०१७ मा न्यूयर्कको सबैभन्दा ठूलो कार्यक्रम, द मेट ग्यालेन्टमा उनले डेव्यु गरिन् ।

इशा अम्बानीको हरेक वर्ष को कमाइ ४७१० करोड भारतीय रुपैयाँ रहेको छ । उनि १६ वर्षको उमेरमा रिलायन्स इन्डस्ट्रीजमा ८९ अरब ३४ करोड रुपैयाँको मालिक बनिन् ।

Comments