राजविराज, २९ मंसिर । घरमा चामल छैन छोराछोरी भोकाए भनेर श्रीमानलाई भन्दा सप्तरी एक महिला मर ण शन्न हुनेगरी कुटि एकी छन् । मा दक पदा र्थ र गाँ जा शेवन गरेर आएका श्रीमानले दुई छोरा र श्रीमतीलाई कु ट पि ट गरेका हुन् । विहान घरवाट निस्कदा माछा र विस्कुट ल्याइदिन्छु भनेर आश्वासन दिएका उनी राति घर रित्तै फर्किएका थिए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका(८ दलित बस्तीकी ३० वर्षीया मञ‍जुदेवी खंग यतिवेला अस्पतालमा छन् । उनलाई श्रीमान ३५ वर्षीय राजकुमार खंगको नि र्घात कु ट पि ट गरेका सहन् । राति घर फर्केका राजकुमारलाई छोराहरुले विस्कुट र माछा खै भनेर सोधेपछि उनले छोराहरुलाई कु ट पि ट गर्न लागे । माछा ल्याएर खाना पकाएर खाने भनेर कुरेर भोकै बसेका छोरालाई कु ट्न थालेपछि बचाउन गएकी मञ्जुलाई मर णा शन्न हुनेगरी कु ट पि ट गरेका हुन् ।

श्रीमानको कु ट पि टबाट बे होस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ । कु ट पि ट पछि राजकुमार फ रार छन् । श्रीमतीले एक छान खान पनि दिन नसक्नेले किन विवाह गरेको अनि किन छोरा छोरी जन्माएको भनेर रिसाएकी थिइन् । उनले त्यती भनेपछि छोराहरुलाई पि ट्दै गरेको लठ्ठीले श्रीमतीलाई हा न्न थालेका हुन् । उनले रातभरी श्रीमातीलाई कु ट पि ट गरेका थिए ।

अवस्था गम्भीर भएपछि मञ्जुलाई चिकित्सकले उनलाई अर्कै अस्पतालमा रेफर गरेका छन् । घरमा ११ र सात वर्षीय दुई नाबालक छोरा र पक्षघात बिरामी सासू छन्। आर्थिक अवस्था कमजोर रहेकाले उपचार समेत गराउन नसकेका उनीहरु सहयोगको प्रतिक्षामा छन् । हाल राजविराजस्थित अस्पतालमा उनको निशुल्क उपचार भइरहेको छ । आमालाई सिकिस्त बनाएर बाबु फ रार भएपछि जेठो छोराले छिमेकीसंग हारगुहार गरेर आमालाई अस्पताल पुर्याएका थिए । प्रहरीले राजकुमारको खोजी भइरहेको जनाएको छ । तस्बिर अन्नपुर्णपोष्ट

Comments