नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो ।

प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो । प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता छ । नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन् । खेलाडी तथा प्रशिक्षकलाई च्याम्पियनशिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भनी प्रशिक्षक कुँवरले गुनासो पोख्नुभयो । प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गर्नुभयो ।

कुशलको अर्धशतकमा पोखराको विजयी सुरुवात

पोखरा प्रिमियर लिगमा साविक विजेता पोखरा पल्टनले उपाधिको यात्रा बलियो रुपमा सुरु गरेको छ । उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सलाई ९ विकेटले हराउँदै पोखराले बलियो सुरुवात गर्यो ।मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा ११५ रन बनाएको हो । पोखरा शरद भेषावकरको कप्तानीमा छ भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।

मल्ल कप्तान रहेको काठमाडौंको सुरुआत भने राम्रो भएन । काठमाडौंको ओपनिङमा जयकिशन कोल्सावाला र सुवास खकुरेल आए पनि उनीहरुको जोडी जम्न भने असफल रह्यो । पहिलो विकेटको रुपमा कोल्सावालालाई काठमाडौंको स्कोर १८ रन हुँदा गुमेको थियो । कोल्सावाला ६ बलमा २ चौकाको मद्दतले ९ रन बनाएर आउट भए । दोस्रो विकेटको रुपमा खकुरेल आउट भए । टिमको स्कोर १९ रन हुँदा खकुरले १२ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल पनि १ रन बनाएर आउट भएपछि काठमाडौं दबावमा आएको थियो । चौथो विकेटको रुपमा टिमको स्कोर ३४ रन हुँदा गौरब तोमार पनि १३ रनमा आउट भए ।

तोमारले ७ बल फेस गर्द २ छक्का प्रहार पनि गरे । पाँचौ विकेटको रुपमा पनव शर्राफ आउट भए । काठमाडौंको स्कोर ४५ रन हुँदा पवन ६ रन बनाएर आउट भएका हुन् । टिमको स्कोर ६० रन हुँदा काठमाडौंले छैटौं विकेट गुमायो । छैटौं विकेटको रुपमा पृथु वास्कोटा पेभेलियन फर्किएका थिए । पृथुले ७ रन जोडे । भारतीय खेलाडी सुवोध भाटीले भने उत्कृष्ट पारि खेले ।

उनले २९ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ४५ रन जोड्दै काठमाडौंको इनिङ्स उकास्ने प्रयास गरेका थिए । १६.३ ओभरमा सातौं विकेटको रुपमा भाटी आउट हुँदा काठमाडौंको स्कोर बोर्डमा ९८ रन रहेको थियो । बसन्त रेग्मी र सुसान भारीले काठमाडौंको स्कोर १०० कटाए । रेग्मी १२ बलमा ७ रन बनाएर रासिद खानले बोल्ड आउट गर्दै पोखरालाई आठौं सफलता दिलाए । काठमाडौंका लागि सुशान भारीले १० रन बनाउँदा अमृत भट्टराई १ रनमा नट आउट रहे ।पोखरा पल्टनका ललित राजवंशी, रासिद खाना र कुशल मल्लले २–२ विकेट लिँदा र प्रथमेश डेके, सर्वजित लड्डा एक एक विकेट लिए । ललितले २ विकेट लिँदा ४ ओभरको स्पेलमा १ ओभर मेडन राखेका थिए भने २१ रन खर्चिए । रासिद खानले ४ ओभरमा १७ रन दिएर २ विकेट लिएका हुन् ।

जवाफमा पोखराले १४ ओभर एक बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मध्य सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेको थियो । उसका ओपनर आरिफ शेख १४ रनमा आउट भए । त्यसपछि कुशल भुर्तेल र रवीइन्दर सिंहले उत्कृष्ट अर्धसतकीय साझेदारी गरे । जसमा उनीहरुले ८८ रनको साझेदारी गरे ।

पोखराका लागि कुशलले ६५ अर्धशतकीय पारी खेले । उनले ४३ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा कुशल अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन । यस्तै उनलाई दरिलो साथ दिएका रवीइन्दरले पनि ३८ रन बनाए ।

करिव चार बर्षपछि घरेलु क्रिकेटमा फर्किएका अमृत भट्टराईले मात्र एक ओभर बलिङ गर्न पाए । उनले एक ओभरमा नौ रन खर्चिए ।

Comments