गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको श;क्तिशाली ब म वि स्फोटको घटनामा संलग्न अ.पराधीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ ।

घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको निधन भएको उक्त घटना आ.ततायी भएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ । “यस प्रकारको आत.तायी घटनामा संलग्न अ.पराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उहाँले भन्नुभएको छ ।

“धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको वि स्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको निधन तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृ;तकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”, गृहमन्त्री थापाले भन्नुभएको छ ।

स्थानीय राजेश साहको घरको गेटमा राखिएको ब;म वि;स्फो.ट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घट.नास्थलमै निधन भएको हो । सोही वि,स्फो,टमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्या,न गएको प्रहरीले जनाएको छ ।

राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका जनाइएको छ । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा राजेशकी श्रीमती शौचका लागि उठेका बेला केही झु,ण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झु,ण्डि,एको झोला ब,म हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा वि,स्फो,ट भएको थियो ।

घटना घट्ने बित्तिकै प्रहरीले तीव्रताका साथ अपराधीको खोजि गरिरहेको थियो सोही क्रममा धनुषाबाट २ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना पक्राउ पछि उनीहरुलाई सोधपुछ गरेर घटनाको बारेमा जानकारी लिदै गरेको प्रहरीले जनाएको छ ।

Comments