काठमाडौं । भनिन्छ जिवन भनेको सुख दुखको संगम हो । कहिले दुख त कहिले सुख जिवनमा आइरहन्छ । तर संसारमा यस्ता अभागी पनि मानिस छन् जसलाई कर्मले ठगेको छ । त्यस्तै भाग्य खोसिएर सुखका दिन कहिले आउला भन्दै बसेका यि जोडीको पीडा निकै कहाली लाग्दो छ । भगवनको लिला पनि अपरम्पार हुन्छ, कसैको भागमा सुखै सुख त कसैको भागमा दुखै दुख । आज हामीले भिडियो बनाएर प्रस्तुत गरिरहदा यो जोडीको पीडामा दुखी नहुने कम नै होलान् ।

काठमाडौंको दुवाकोटमा बस्ने सुनिता मगर र दिनेश मगरको दुखको कथालाई तलको भिडियोमा समाबेश गर्ने प्रयास गरेका छौ । विवाह गरेको केहि महिनामै श्रीमान अथवा दिनेशको जीवनमा नसोचेको घटना भयो । जसका कारण अहिले उनी आफ्नो साना कामका लागि पनि अरुको सहारा लिनुपर्ने अवस्थामा पुगेका छन् । जसको कारणले गर्दा सुनितालाई विहान देखि बेलुकी सम्म आफ्नो श्रीमानको हेरचाहमै दिन विताउन बाध्य भयो । पेटमा हुर्कदै गरेका आठ महिनाको छोरीको पनि जन्मेको आठै दिनमा निधन भएपछि यी जोडिको दिन कष्टमय बन्दै गयो ।

टिपर चालक थिए दिनेश, एकदिन माथिबाट पहिरोको ढिस्को आएर उनलाई पुर्यो जसले गर्दा अहिले उनको कम्मर देखि तलको भाग चल्दैन । धेरै ऋण भएको र उपचार गर्नको लागी पैसा समेत नभएको कुरा यी जोडिले बताएका छन् ।

नेपाल आर्मीद्वारा दशदिने स्वास्थ्य शिविर

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर आउँदो पुस ५ गतेसम्म सञ्चालनमा रहने स्वास्थ्य शिविरका संयोजक पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताउनुभयो ।

शिविरमा नेपाल आर्मी हस्पिटलका विशेषज्ञ डाक्टरहरु १८० जना सर्जनसहितको टोली, ११० जना अन्य स्वास्थ्यकर्मी तथा अन्य विभिन्न स्वास्थ्यकर्मीको टोली सहभागी रहेको छ । शिविरमा पेट तथा छाती रोग, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, छाला तथा यौन रोग, नसा तथा हार्डजोर्नी रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, दाँत रोगलगायत बहिरङ्ग सेवाको निःशुल्क उपचार हुनेछन् ।

त्यस्तै पित्तथैलीसम्बन्धी पत्थरी, पिसाबथैली तथा मिर्गौला, नाक, कान तथा घाँटी, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र अन्य शल्यक्रियासमेत निःशुल्क रुपमा हुने शिविर संयोजक डा यादवले बताउनुभयो । शिविरमा फिजियोथेरापी, प्याथोलोजी सेवा, भिडियो एक्स–रे र एक्स–रे सेवा पनि निःशुल्क रुपमा प्रदान गरिने जनाइएको छ । औषधिलगायत अन्य खर्चका लागि नेपाल सरकारको रु ७० लाख तथा पूर्व राज्यमन्त्री डा यादवको संसदीय विकास कोषको रु २० लाख गरी रु ९० लाख खर्च गरिने बताइएको छ ।

Comments