काठमाडौं । संसारमा कस्ता कस्ता ब्यक्तिहरु हुन्छन् , जसको बयान जो कोहिले सजिलै गर्नै सक्दैनन् । मानिस एक सामाजिक प्राणी हो । अरु प्राणी भन्दा चेतनशील प्राणीको रुपमा मानिस चिनिने गर्दछ । आमा संसारकै सबैभन्दा महान नारी हुन्,यो कुराको लागी कुनै पनि दुईमत छैन् । तर कोहि आमा यस्ता निर्दयी हुन्छन् जसको बयान गर्न पनि लाज लाग्छ ।

आज हामि यो भिडियो सम्प्रेशन गर्नका लागी काठमाडौको गोर्कण सम्म पुगेका छौ । बाबु ५९ बर्षको बोल्न नसक्ने अपाङ्ग र आमाले पनि छोडेर गएको र यी बालक पनि अपाङ्ग छन् । आमा पोईला गएको र बाबुको पनि पहिचान नभएको यी बालकको आफ्नो भए पनि कोहि आफ्ना छैन् । जन्मजातै अपाङ्गको रुपमा जन्म लिएका यी बालकको अव सहारा कोही नहुँदा बिचल्ली हुने भएको छ । गाउँमै कतै छंदा पेटमा बच्चा आएपछि उनले ५६ वर्षको अपागं वृद्धसंग विवाह गरिन् ।

काठमाडौंको गोकर्णमा आएपछि उनलाई ति वृद्धका बहिनीहरुले जागिर लगाइदिए । आफ्नो गरेर खाउ भनेर सहयोग गरे । बच्चा जन्मियो । बच्चा पनि अपागं जन्मिएपछि अहिले ति बालक चार वर्षका भए । दुवै खुट्टाले टेक्न नसक्ने अवस्थाका बच्चालाई छोडर अहिले आमा अन्तै गएकी छन् । बालकको फुपुलाई म्यासेज गरेर म अर्कैसंग विवाह गरेर गएँ मलाई खोज्ने प्रयास नगर्नु भनेर म्यासेज गरेकी थिइन् ।

मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा

कर्णाली प्रदेश मातहतमा रहेका सरकारी कार्यालयको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा चौमासिक समीक्षा गरिएकोे छ । प्रदेश सरकारको बजेट खर्च हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको बेला मुख्यमन्त्री शाही जाजरकोट आएर चौमासिक समीक्षा, प्रगति विवतरणबारे जानकारी लिएका हुन् ।

प्रदेश मातहातका कार्यालयको विकास बजेट जनताको जनआकाङ्क्षाअनुसार तीव्र गतिमा परिणाम निस्किने गरी काम गर्नसमेत उहाँले निर्देशन दिनुभयो । मुख्यमन्त्री शाहीले साना आयोजनाका काम बोलपत्र नगरीकन अगाडि बढाउन र ठूला आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम गर्नसमेत निर्देशन दिए ।

उहाँले जिल्लामा प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्न सङ्घीय सरकारको मातहातमा रहेका कार्यालयका लेखापालबाट आर्थिक कारोवार गर्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले ६ दिनभित्र जिल्लाको प्रगति विवरण पेश गर्नसमेत प्रदेश सरकारका मातहतका कार्यालयलाई आग्रह गनुभयो । प्रदेश सरकारको मातहातमा रहेका कार्यालयमा बजेट अभाव नहुने तर काम तोकिएकै मितिमा गर्नुपर्ने आन्तरिक, मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । सबै कार्यालयमा अख्तियारी दिइसकेकाले काममा तीव्रता दिन आग्रह गरे ।

मुख्यमन्त्री शाहीले आजै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयको भवन आज उद्घाटन गरे । जिल्लामा एम्बुलेन्स नभएकाले सोका लागि छिट्टै पहल गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता व्यक्त गरे ।

नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि पठाएका उपहार अर्थात् किताब बोक्ने झोला कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यहाँका विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो । भेरी नगरपालिकाको समन्वयमा मुख्यमन्त्री शाहीले नगरपालिकाभित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने चार हजार ४५३ विद्यार्थीलाई उक्त उपहार अर्थात् झोला हस्तान्तरण गरेका हुन् ।

Comments