काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल अन्तर्गत शुक्रबारको खेलमा नेपाल विजयी भएको छ।टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो। नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रनमा समेटियो। कीर्तिपुरस्थित टियु मैदानमा दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।

नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै माल्दिभ्सलाई १६४ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङमा आएको माल्दिभ्सले २० ओभरमा मात्रै ७९ रन बनाउन सक्यो। माल्दिभ्सका लागि मोहम्मद रिसवानले १३ रन बनाए भने अलि इभानले १० रन बनाए। माल्दिभ्सलाई पराजित गर्ने क्रममा लक्ष्मण राजवंशीले दुई विकेट लिए भने सुसन भारीले एक विकेट लिए।

नेपालका लागि करण केसीले सर्वाधिक ४० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरेका थिए। माल्दिभ्सका लागि लिम सफिगले ३ विकेट लिएका थिए भने अमिल मउरुफले २ विकेट लिएका थिए।

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् ।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताए । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिए

Comments