काठमाडौं, २० मंसिर । दोलखाका प्रमुख जिल्ला अधिकारी कार वाही स्वरुप गृहमन्त्रालय तानिएका छन् । अभियुक्तका परिवारबाट घुस लिएको विषयमा विवा दमा परेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका हुन् । उनले रकमका लिइसके पछि पीडितसंग दिएको स्पष्टिकरणको भिडियो समेत बाहिरिएको छ ।

प्रहरी हिरा सतमा रहेका ब्यक्तिको मु द्दा मिलाइदिने भन्दै पीडितको परिवारसंग एक लाख रुपैया लिएको देखिएपछि उनी विवा दमा परेका हुन् । दोलखाको मैलुङ ४ का कुमार लामा मोक्तान जनप्रतिनिधि कु टेको अभियोगमा २४ दिनदेखि प्रहरी हिरा सतमा थिए। उनको श्रीमतीले प्रमुख जिल्ला अधिकारीलाई रकम दिएकी हुन् । गत मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालय दोलखा पुर्याइएपछि थुनछेक बहस पछि प्रमुख जिल्ला अधिकारीले एक लाख रुपैया मागेको मोक्तानकी श्रीमतीले बताइन् ।

कुमारकी श्रीमती रेणु तामाङले ऋणधन गरेर जम्मा पारेको पैसा प्रमुख जिल्ला अधिकारीलाई दिएकी थिइन् । ‘सिडिओले एक लाख रूपैयाँ नभए आठ, नौ वर्ष जे ल हालिदिने भनेर चेता वनी दिएपछि उनले ऋण खोजेर पैसा जुटाएको बताइन् । ‘पैसा कम गरिदिनू भन्दा पनि प्रजिअले आफुलाई थर्का एको उनले बताइन् ।

प्रजिअ रिजालले मुद्दा शाखाबाट बिल लैजानू भने पछि रेणु रसिद लिएर घर फर्किइन्। श्रीमान हिरासतवाट छुटिसकेपछि रसिद हेर्दा रसिदमा १० हजार रुपैया मात्र लेखिएको देपछि उनी स्थानिय पत्रकार सहित लिएर प्रमुख जिल्ला अधिकारीकहाँ पुगिन् । पैसा फिर्ता लिन गएका रेणुलाई उनले क्वाटरमा लगेर ९० हजार रुपैया फिर्ता दिएका छन् ।

कालिन्चोक गाउँपालिका(१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट पनि सिडिओले १४ हजारको रसिद दिएर ३५ हजार रुपैयाँ लिएको भन्दै पुगेका थिए। दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग रिजालले बुधबार एक लाख ११ हजार रुपैयाँ ‘घुस’ लिएको देखिए पछि उनी कार वाहीमा परेका हुन् । उनले एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए। जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार रिजाल आफूले चलाउने सरकारी टेलिफोन नम्बर सहायक सिडिओलाई दिनू भन्दै शुक्रबार मध्यान्ह काठमाडौंका लागि हिँडेका छन् ।

Comments