काठमाडौं, २० मंसिर । आफ्नै अनुयायी महिलालाई यौ न दु ब्र्यवहार गरेको अभि योग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई थप सात दिन हिरा सतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रबार जिल्ला अदालत सुनसरीले यस्तो आदेश दिएको हो । उनकै एक अनुयायी महिलाले बला त्कारको अभियोग लगाउँदै उ जुरी दर्ता गरेपछि सिद्धबाबालाई प क्राउ गरी अदालतमा उपस्थित गराएको थियो । उनलाई अस्पतालको आइसियु कक्षवाटै प्रहरीले निय न्त्रणमा लिएको हो । शुक्रवार अदालतले उनलाई थप सात दिन हिसा तमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको हो।

सोमवार पहिलोपटक दिएको चार दिनको म्याद सकिएपछि उनलाई शुक्रवार फेरी म्याद थपेको हो । आफ्नै अनुयायी महिलालाई बला त्कार गरेको अभि योग लागेका सिद्धबाबालाई प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयू सोमबार निय न्त्रणमा लिएको थियो। अभियोग लागेपछि मुटुमा सम स्या भएको भन्दै उनी अस्पताल भर्ना भएका थिए ।

प क्राउसँगै उनीबाट बरामद सबै सबुत जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको छ। आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’का रुपमा कहलिएका विवा दास्पद कृष्णबहादुर गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जब र्जस्ती क रणी मु द्दा दर्ता भएको छ।

सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बला त्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। घट ना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ। आफूवि रुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दु खेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए।

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

यस वर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार साइन्स इन्फोटेक अनलाइन पत्रिकाका प्रधान सम्पादक गोपाल भण्डारीलाई प्रदान गरिएको छ । आज आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उहाँलाई रु ५० हजार प्रदान गर्दै सम्मान गर्नुभएको हो । झण्डै एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीले विज्ञान तथा प्रविधिका उपलब्धि, उपयोगिता र सूचना सरलीकृत रुपमा छापा तथा विद्युतीय माध्यममार्फत जनसाधारणसम्म पुग्ने गरी आलेख, जानकारी एवं समाचार प्रकाशन गरी योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ ।

यसअघि भण्डारीले गोल्डेन साइन्फिक, रिभो साइन्स मासिक र साइन्स इन्फोटेक मासिक पत्रिकामा प्रधान सम्पादक रही काम गरिसक्नुभएको छ । भण्डारीका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन, चार वैज्ञानिक जगत जर्नलमा अनुसन्धानात्मक लेख, पाक्षिक पत्रपत्रिकामा करिब १०० विज्ञान तथा प्रविधिसम्बन्धी र विभिन्न अनलाइनमा लगभग एक हजार जति विज्ञान तथा प्रविधि र अन्य विषयका लेख प्रकाशित छन् ।

भौतिकशास्त्रमा स्नातकोत्तर भण्डारी अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष पनि हुन् । भण्डारी विभिन्न बौद्धिक, वैज्ञानिक तथा सामाजिक सङ्घसंस्थामा आबद्ध छन् । भण्डारीलाई यसअघि गत असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ का अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ट योगदान पु¥याएबापत प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट रु १५ हजार राशिको पुरस्कारद्वारा पनि पुरस्कृत गरिएको थियो ।

Comments