गुल्मी । गुल्मीमा आफ्नै १३ बर्षिय छोरीलाई  कर’णी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । बाबुले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई क’रणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

पीडितकी आमाले प्रहरीमा जायरी दिएपछि पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबु वैदेशिक रोजगारीबाट आएको र म दिरा से’वन गरेको झोकमा छोरीलाई क’रणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिनुभयो ।

पिडित छोरीकी आमाले अन्तर्वार्तामा भावुक हुँदै भनिन्, म’दिरा पियर आएर घरमा राति ढोका फोडेर छोरीको शरीरबाट कपडा निकालेर फाल्यो र न:ग्न बनाएर यस्तो हर्कत गरेको सुनाइन् ।

सधै छोरीलाई देख्ना साथ जिब्रो निकाल्ने, आँखा झिम्क्याउने र अन्य युवतीलाई जिस्क्याए जस्तै अफ्नो छोरीलाई गिद्दे नजर राखेर जिस्क्याउने गरेको पनि उनले खुलासा गरेकी छन् । बाबुको यस्तो हर्कत देखेपछि आमाले किन यस्तो गर्नु हुन्छ भनेर पटकपटक सम्झाउंदा, उल्टै के भयो त यो मेरो छोरी हो उस्तै परे बुढी पनि हुन सक्छे भन्दै उल्टै कठोर जवाफ फर्काउने गरेको पनि पिडित युवतीकी आमाले सुनाएकी छन् ।

उनले अन्तरवार्ताकै क्रममा यो भन्दा पनि पहिला यस्तो हर्कत गरेको सुनाएकी छन् । पहिले धेरै सहे अब सहन सक्दिन भनेर यसरि बाहिर आएकी हु । उनि संग मेरो प्रेम बिवाह हो तर उनले कहिले सुख दिएनन ।

मलाई कु’टपि’ट गरेर घरबाट भगायो त्यसपछि छोरीलाई ढोका खुल्ला छ आइज म संग सुत्न भन्ने गरेको पनि उनले सुनाएकी छन् । अहिले श्रीमानसंग बस्न नसकेर माइतीले दिएको एउटा घरमा शरण लिएर बसेको उनले बताउदै छोराछोरीको फिस तिर्न पनि पैसा छैन भनेर धरधरी रुँदै मिडियामा आएकी छन् ।

यौ न शो षणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौ न शो षणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो। स्रोतका अनुसार राणामाथि धरानकी एक महिलाले उजुरी दिएकी छिन्।

उजुरीमा ती महिलाले राणामाथि ‘यौ न शो षण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यस्तो भएको दावी गरेकी थिइन्।

गृह स्रोतका अनुसार राणा पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक (एसपी)मा कार्यरत रहँदादेखि नै ती महिलासँग चिनजान र सम्बन्ध भएको देखिन्छ। राणा २०६९ सालमा सुनसरी प्रहरी उपरीक्षक थिए। त्यसपछि पनि उनी ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत् थिए।

राणा पछिल्लोपटक करिब तीन महिनायता संघीय प्रहरी इकाइ धरानमा कार्यरत् छन्।

‘पछिल्लो पोस्टिङमा राणा धरान पुगेपछि उनीसँग सम्बन्ध बिग्रिएको र ती महिला आफूलाई न्याय माग्दै गृहसम्म आइपुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘ती महिलाले आफूलाई ‘जीवन साथी’नै मानेर राणाले प्रयोग गर्दै आएको र आफूबाट ठूलै धनराशी पनि लगेको आरोप लगाएकी छिन्।’

ती महिलाले सेतोपाटीसँग कुरा गर्दै आफूले घटनाबारे गृहमन्त्रीलाई विस्तृतमा जानकारी गराएर निवेदन दिएको बताइन्। उनले आफूमाथि राणाले लामो समयसम्म शो षण गरेको दावी गर्दै भनिन्, ‘म गलत थिएँ भने निवेदन दिँदै, सुनाउँदै किन हिड्थे र?’

राज्यले आफूलाई न्याय दिनुपर्ने जिकीर गर्दै उनले भनिन्, ‘मैले राज्छ छ भनेर न्यायका लागि गुहारेकी हुँ। राज्य रहेनछ भने म मुन्टो काटेर मर्छु।’
गृहले राणामाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई पठाएको चिठीबारे सेतोपाटीले सोध्दा एसएसपी राणाले आफूलाई ‘थाहा नभएको’ प्रतिक्रिया दिए।

यौ न शोषणको आरोपबारे सोध्दा उनले भने, ‘कसले ममाथि के आरोप लगायो मलाई केही पनि थाहा छैन। छानबिन गर्न निर्देशन छ भने छानबिन होला, सत्यता पत्ता लाग्ला।’

उनले सो आरोप आफूलाई बदनाम गर्न र प्रतिशोध साँध्न रचिएको षडयन्त्र भएको पनि जिकीर गरे।

प्रहरी प्रधान कार्यालयले राणामाथि लागेको आरोप र गृहले गरेको पत्राचारबारे अनभिज्ञता जनायो। ‘गृहले पत्राचार गरिनसकेकाले यसबारे बताउन सकिएन,’ प्रधान कार्यालय स्रोतले भन्यो।

खुम्चँदै महिला तथा बालबालिका विभाग

स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो ।

अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताउनुभयो । विभागमा अहिले दरबन्दी नै कम रहेको र दरबन्दी भन्दा अझै कम जनशक्ति कार्यरत रहेका छन् । विभागमा अहिले १६ जना मात्रै कार्यरत छन् ।

विभागमा १९ जनाको दरबन्दी रहेकामा त्योभन्दा तीन जना कम कार्यरत छन् । गत वर्षसम्म ५४ जनाको दरबन्दी रहेकामा अहिले कम भएको उहाँले बताउनुभयो । विभागले पहिले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयमार्फत स्थानीयस्तरमा महिलाका हितमा काम गर्ने गरेको उहाँले बताउनुभयो ।

जिल्लास्तरीय कार्यालयले त्यहाँका सहकारी र महिला समूहमार्फत महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरे पनि अहिले त्यो अलपत्र अवस्थामा रहेको छ । उहाँले भन्नुभयो,“कुनै स्थानीय तह सक्षम भए पनि कुनै स्थानीय तह सक्षम भइनसकेको हामीले पाएका छौँ ।”

विभागको भवनमा अहिले राष्ट्रिय बालकल्याण परिषद्समेत रहेको छ । विभागको अनुगमनका लागि गत साता हरिहर भवन पुग्नुभएका महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले विभागलाई खारेज हुन नदिने बताउनुभएको थियो ।

Comments