शिखर नगरपालिकाकी एक महिलाको आ गो लगाएर ह त्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर ह त्या गरेको माइती पक्षले दोषारोपण गरेको हो । उहाँका परिवारकै सदस्यले पे’ट्रोलि’यम प’दार्थ छ’र्किँदै आ’गो लगाएर यस्तो कार्य गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाउनुभयो । यस घटनामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफ्नो काम थाल्ने छ ।”

शरीरमा आ गो लागेपछि यही मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई सेती पहिले प्रादेशिक अस्पताल कैलाली र पछि भारतको बरेली लगिएको थियो ।

बरेली अस्पतालले उहाँको स्वास्थ्यावस्थामा सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको निधन भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको उहाँको घरपरिवारले जनाएको छ ।

यो पनि पढ्नुहोस : पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल हुनुभयो ।

अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उहाँले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न शुरु गर्नुभएको थियो । नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उहाँले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाउनुभएको थियो । एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उहाँले राम्रो गर्न सक्नुभएको थिएन । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उहाँलाई पराजित गर्नुभएको थियो ।

राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुग्नुभएको थियो । उहाँ सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थाल्नुभएको थियो । दौड र साइक्लिङमा उहाँको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ उहाँलाई प्रेरित गरिरहनुभयो । “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुर्छ भन्ने मलाई लाग्यो । त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ”, टमाटा भन्नुहुन्छ ।

सागमा स्वर्ण हासिल गरेलगत्तै उहाँले हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसक्नुभएको छ । चीनमा सन् २०२२ मा तय भएको एशियाली सो प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उहाँको धोको रहेको छ । उहाँ भन्नुहुन्छ, “ कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न । मानिसले लक्ष्य ठूलो राख्नुपर्छ । लक्ष्यअनुसारको मेहनत र परिश्रम ग¥यो भने असम्भव केही पनि छैन । अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ ।”
सागको तयारीका क्रममा समेत धेरै चुनौती उहाँले सामना गर्नुपरेको थियो । उहाँलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो । प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उहाँ सन् २०१४ मोडलको पुरानै साइकल लिएर स्पर्धामा होमिन विवश हुनुभएको थियो । त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उहाँले समयै पाउनुभएन । प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उहाँको शरीरमा मिलेन । “साथीको मागेर खेलमा भाग लिएँ । हाम्रो साइकल पाँचछ वर्ष पुरानो आल्मुनियमको हो । कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उहाँ भन्नुहुन्छ ।
उहाँ १४÷१५ वर्षका उमेरदेखि नै खेलकूदमा आकर्षित हुँदै आउनुभएको थियो । दौड र कराँतेमा उहाँको विशेष लगाव रहेको थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उहाँले भाग लिनुहुन्थ्यो । नेपाली सेनामा भर्ती भएपछि उहाँलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उहाँलाई अघि बढ्न सधैँ प्रेरित गरिरहनुभयो
शुरुमा साइकल राम्रोसँग डोहो¥याउनसमेत नजान्ने उहाँलाई चन्दले नै साइकल चलाउन सिकाउनुभएको थियो । “मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उहाँ भन्नुहुन्छ ।
आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै उहाँ सरकारले खेलाडीलाई सहयोग गर्न माग गर्नुहुन्छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो । हाम्रा खेलाडी अभावका बीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ”

Comments