निधन भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ।  ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो। पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती बत्तीस वर्षीया महिला पाठेघर बिनै जन्मेकी थिइन्।

जीवित महिलाले नै दान गरेका पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ। त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् र ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ। तर निधन भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू कि त असफल भएका थिए कि त गर्भ तुहिएका थिए।

यस पटक, ती पाठेघर दाता ४० वर्षको हाराहारीमा रहेकी तीन छोराछोरीकी आमा थिइन् जसको मस्तिष्कमा रगत बगेर निधन भएको थियो। पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५०० महिलामा एकजनामा देखिने एकप्रकारको सिन्ड्रोमबाट ग्रस्त थिइन्। त्यस्तो अवस्थामा महिलाको यो नी र पाठेघर राम्रोसँग विकसित हुँदैन।

तर उनको डिम्बाशयमा केही समस्या थिएन। र चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र पुरुषको वी र्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए।

ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्दथ्यो। उनको शरीरलाई पाठेघरको प्रत्यारोपण स्वीकार गराउनका लागि त्यसको गरिएको थियो। त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी हुन शुरू भयो। सात महिनापछि गर्भाधान गराइएको ती डिम्बहरू उनको पाठेघरमा राखिएको थियो।

र, सामान्य गर्भावस्थापछि ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियन शल्यक्रियापछि साढे दुई किलोग्राम तौल भएकी शिशुलाई जन्म दिएकी थिइन्। साओ पाउलोस्थित एउटा अस्पतालका डा. डेनी आइजेनबर्गले भने- “जीवित दाताहरूबाट गरिएका शुरूवाती पाठेघर प्रत्यारोपणहरू चिकित्सा क्षेत्रका लागि कोसेढुङ्गा थिए। यस्ता प्रत्यारोपणहरूले उपयुक्त दाताहरूसँगको पहुँच तथा आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्दै बाँझोपन भएका धेरै महिलाहरूलाई आमा बन्न सक्ने सम्भावनाहरूको सिर्जना गरिदिएको छ।”

हृदल:याघा:त: जोखिम पत्ता लगाउन डीएनए परीक्षण

जन्मजात हृदल:याघा:तको उच्च जोखिम भएका व्यक्तिहरू एउटै जेनेटिक परीक्षणबाट पत्ता लगाउन सकिने सम्भावना एउटा अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार जेनोमिक रिस्क स्कोर (जीआरएस) परीक्षण गर्न जम्मा ४० पाउन्ड मात्र लाग्छ र ठूलो जनसङ्ख्यामा जोखिममा भएका व्यक्ति पत्ता लगाउन आर्थिक रूपमा पनि सस्तो नै छ।

सो परीक्षणले उच्च कलेस्टरोलजस्ता मुटुको समस्या गराउने जोखिम भएका व्यक्तिमा पनि कसरी हृदल:याघा:त हुन्छ भनेर स्पष्ट पार्न सक्छ।

यसबारे थप अनुसन्धान हुनुपर्ने विज्ञहरू बताउँछन्। शरीरमा आनुवंशिक गुण सङ्ग्रह गर्ने डीएनए परिवर्तित नहुने भएकाले जुनसुकै उमेरको व्यक्तिमा पनि जीआरएस अर्थात् वंशानुगत जोखिमको सम्भावना मापन गर्न सकिन्छ।

यो परीक्षणले एउटा जिन वा वंशाणुलाई मात्र नभएर हृदल:याघा:तको जोखिम बोक्ने जिनहरूको रूप जाँच्छ। यसबारे गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले रगतको नमुना सङ्कलन गरेका थिए। तर मुखभित्रबाट सामान्य रूपमै निकालिने नमुनाबाट पनि यो परीक्षण गर्न सकिने उनीहरू बताउँछन्।

चालीसदेखि ६९ वर्ष उमेर भएका पाँच लाख मानिसको जेनोमिक डेटा विश्लेषण गरेर जीआरएस मापन र गणना गर्ने विधि विकसित गरिएको हो। यूके बायोब्याङ्कमा सङ्कलित डेटामा २२ हजार जना मुटुमा रक्तप्रवाह अवरोध हुने रोग भएका व्यक्ति पनि थिए। जर्नल अफ अमेरिकन कलेज अफ कार्डिओलजीमा यसबारे एउटा लेख प्रकाशित भएको छ।

शोधका प्रमुख लेखक तथा बेकर हार्ट एन्ड डाइअबिटिज इन्स्टिट्युट र युनिभर्सिटी अफ क्याम्ब्रिजसँग आबद्ध डा. माइकल इनोएका अनुसार कोरनरी हार्ट डिजिज भनिने मुटुमा अवरोध हुने समस्याको झन्डै ५० प्रतिशत सङ्ख्या वंशानुगत कारणले हुन्छ। बाँकी समस्या भने जीवनशैली र पर्यावरणसँग सम्बन्धित छन्।

उनी भन्छन्, “जोखिम पहिचान गर्दा हामीले आनुवंशिक भागलाई छुटाउने गरेका छौँ …।” जीआरएस मापन गर्दा शीर्ष २० प्रतिशत स्थानमा रहेका सहभागीहरूमा कोरनरी हार्ट डिजिज हुने सम्भावना सबैभन्दा तल रहेका २० प्रतिशत सहभागीभन्दा चारगुणा बढी थियो। विश्वभरि निधन गराउने रोगहरूको सूचीमा कोरनरी हार्ट डिजिज माथिल्लो स्थानमै छ।

युनिभर्सिटी अफ लेस्टरका प्राध्यापक एवम् वरिष्ठ लेखक निलेश सामानीका अनुसार राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमार्फत् सङ्कलित ४० देखि ४९ वर्षसम्मका मानिसको तथ्याङ्कबाट मुटुरोगबारे गरिएको विश्लेषण पर्याप्त हुँदैन। लक्षण देखिनुभन्दा दशकौँअघि नै रोग सुरु भइसक्ने बताउँदै उनी भन्छन् – जोखिममा भएका व्यक्ति पहिला नै पत्ता लगाउनुपर्छ जुन जीआरएसले गर्न सक्छ।

जीआरएस विधि प्रयोग गरेर उचित मूल्यमै चिकित्सकले उपचार गर्दा फाइदा पुग्ने र नपुग्ने बिरामी छुट्याउन सक्छन् भन्ने उनको धारणा छ। डा. इनोएका अनुसार यस किसिमको परीक्षणलाई कुनै स्वास्थ्यसेवा प्रणालीमा व्यावहारिक प्रयोगमा पठाउनुअघि धेरै काम गर्न बाँकी छ। बृहत् र व्यापक अध्ययनहरूले परीक्षणको शुद्धिलाई बढाउनेछन्।

Comments