सालको पातका चर्चित संगीतकार तथा कलाकार बसन्त थापाले आफ्नो गीतमा आफ्नै भाई दुर्गेश थापालाई पछिल्लो समय न खेलाउनुको कारण मिडियामार्फत बोलेका छन।उनले सालको पात गीत आएदेखि दुर्गेश थापालाई खासै म्युजिक भिडियो खेलाएका छैनन् भने दुर्गेश थापाले पनि उक्त बिषयमा चासो दिएका छैनन्।

एता दोहोरीमा पहिलोपटक सोनीका रोकायालाई देखाएर चर्चा बोटुलेका बसन्त थापा र अनिता चलाउनेले सोनीकानै रोज्नुको कारण खुलाएका छन।पछिल्लो समय पारस साह संग जोडिएर उनलाई हेरिएको देखिन्छ कतै यही चर्चाले त हैन भन्ने प्रश्नमा उहाहरुको यस्तो उतर छ हेरौ भिडियो कुराकानी :


यो पनि पढ्नुहोस
नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको एक प्रहरी वरिष्ठ उपरीक्षकले बताए ।

अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए । त्यसपछि २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

सामान्यतयाः निलम्बनको विषयमा ६ महिनाभित्र निर्णय गरिन्छ । तर, ढुंगेलको हकमा ७ महिनापछि पक्राउ पूर्जी जारी भएको प्रहरीले सार्वजनिक गरेको हो ।

‘ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गर्ने प्रस्ताव बदर भएको थियो’, प्रहरी स्रोतले भन्यो, ‘तर, फेरि सदर भएर महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेमा पक्राउ पूर्जी आएको हो ।’

ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ ।

Comments