एजेन्सी – हाम्रो लागी यौ न आवश्यक छ । धेरैजसो मानिसहरु यौ नसम्बन्धि कुरा गर्दा पनि लजाउने गर्छन् । तर मानवजातिका लागी यौ न आवश्यक कुरा हो । समाजमा यौ नसम्बन्धि निश्चित मापदण्ड हुन्छन् । यौ नसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन् । हाम्रो समाजमा एक अर्कामा यौ न सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ ।

आमाबुवाका अगाडि यौ नसम्बन्धि कुरा गर्नु राम्रो मानिदैन । तर यस्तो देश पनि छ जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउदा पनि केही फरक पर्दैन । हामिकहाँ सुहागरातको कुरा गोप्य राखिन्छ । सुहागरातको कुरा अरुलाई खोल्नु असभ्य मानिन्छ । तर कोलम्बियामा भने फरक परम्परा छ । यस ठाउँमा सुहागरातको समयमा आमालाई साक्षी राख्नुपर्छ ।

बिहेपछी पतिसँग छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । जब सम्म सुहागरात सकिदैन आमा कोठा भित्रै हुन्छन् । छोरीले आमाकै अगाडि सुहागरात मनाएपछी मात्रै छोरीको विदाइ गरिन्छ । त्यस्तै फ्रन्समा पनि एक अनौठो चलन छ । यस ठाँउमा बिबाहपछी दुलाहा दुलही सुहागरात मनाउदा घर र छिमेकीले भाडा बजाएर होहल्ला गर्ने गर्छन् ।

यो पनि पढ्नुहोस : अब बिहे गर्न तीन महिने तालिम पास गर्नुपर्ने

बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।

मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।

Comments