हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सांगीतिक रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’ यतिबेला उत्कर्षमा छ ।दोस्रो संस्करण अन्र्तगत सञ्चालन भइरहेको यो प्रतियोगिताको आगामी शनिबार अन्तिम छिनोफानो हुँदैछ । अन्तिम प्रतिस्पर्धाका लागि चार जना प्रतियोगी मैदानमा छन् । यसमध्येका एक हुन्, राम लिम्बु ।
उनि भन्छन् : बिर्तामोडमा मेरो सानो परिवार छ, आमा–बाबा, दिदी, दाइसहितको । मेरो एकजना भाइ पनि छ, लक्ष्मण । खासमा लक्ष्मण र म जुम्ल्याहा हौं ।

म सामान्य परिवारमा हुर्किएँ । खान, लाउन, पढ्न ठिक्क पुग्ने । हामीलाई हुर्काउन, पढाउन बाबाले धेरै दुःख गर्नुभयो । उहाँको एउटा फर्निचर उद्योग थियो । त्यहीबाट हाम्रो परिवारको गुजारा चल्थ्यो । कुनै बेला चरम दुःख पनि भोग्नुपर्‍यो । त्यस्तो अवस्थामा पनि आमाबुवाले हामीलाई सम्हाल्नुभयो । दुःख–सुख बाल्यकाल सामान्य हिसाबले गुजारियो ।

बाल्यकालमा मेरो स्वभाव वा आनीबानी त्यति फरक थिएन । अरुजस्तै सामान्य थियो । साथीभाइसँग हिँड्थे, खेल्थें, चल्थें, गाउँथे । पढाइमा औसत विद्यार्थी म । न धेरै राम्रो, न धेरै नराम्रो । ठिक्कको ।घर नजिकै एउटा बोर्डिङ स्कुल थियो, त्यही पढियो । हामी सबै दाजुभाइ, दिदीबहिनी त्यही पढेका हौं । त्यही विद्यालयबाट हामीले एसएलसी दियौं ।

मेरो आमाबुवा वा परिवारमा कोही पनि संगीतमा लागेका छैनन् । संगीतमा लागेको म मात्र हो । तर, मलाई घर–परिवारले एकदमै सहयोग गर्‍यो । संगीतप्रतिको मेरो रुचिलाई बुझेर उनीहरुले त्यही किसिमको वातावरण मिलाइदियो । आमाबाबा भन्नुहुन्छ, ‘राम्रो काम जे पनि गरे हुन्छ, नराम्रो चाहिँ नगर्नू ।’

यिनै भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । भोइस अफ नेपालको फाइनल नजिकिदै गर्दा भोटको अपिल साथै आफन्त र साथिभाइ भेटघाट गर्न झापा पुगेका राम एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक हुँदै आँसु नै खसाले । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।

सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन । सधै घरमा गित गाएरै बस्ने रामले अहिले देश तथा बिदेशमा तहल्का नै पिटिरहेका छन । झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै धेरै मान्छेले एकै स्वरमा राम लिम्बू भन्ने आवाज आइरहेको थियो । आज उनि आफ्नो गृहजिल्लामा पुगेपछि हजारौं संख्यामा मान्छेको भिड थियो ।

Comments