बागलुङ, १८ मंसिर । बडिगाड गाउँपालिका ७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घ टनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । वे पत्ता भएका एक ब्यक्ति पनि मृ त अवस्थामा फेला परेपछि ज्यान गुमाउनेको संख्या १५ पुगेको हो । गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घ टनामा परेको थियो । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर तल बडिगाड खोलामा ख स्दा बेप त्ता भएका एक जना मृ त फेला परेका हुन् । इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधबार श व फेला परेको छ ।

कार्कीको श व दुर्घ टनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय दिनेश शर्माले बताए । दुर्घ टनामा ग म्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने बर्ष २१ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ बस्ने मृतक सूचना कार्कीका छोरा ४ वर्षीय हिमाल कार्की र २४ वर्षीय निमा केसीको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइते तीनै जनालाई ढोरपाटनमा रहेको बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो । गुल्मीका सभासद तथा पूर्व मन्त्री गोकर्ण विष्ट घाइतेको उद्यारका लागि हेलिकप्टरमा पुगेका थिए । ट्राफिक कार्यालयले जान नदिएका कारण त्यो जीपवाट ओर्लिएर अर्को सवारी साधनमा चढेका ८ जना भने भाग्यले बाँचेका छन् । ओभर लोड भएको देखेपछि ट्राफिक कार्यालयले जीपको छतमा बसेका ८ जनालाई ओरालेको थियो । दुर्घ टनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको बुधबार हुने भनिएको कुलपूजाका लागि जाँदै थिए । दुर्घट नापछि निसीखोला गाउँपालिका १ को कार्की गाउँ भनेर चिनिने बायखोला शो कमा डुबेको छ ।

Comments