काठमाडौं । बुढेसकालको सहारा होला भन्दै आफैले जन्माएर जवान बनाएको छोराले त्यही बुढेसकालमा एक दिन सडकमा ल्याएर छोडेपछि ति बुद्ध बुवाआमाको मन कस्तो हुन्छ होला । छोराछोरी हुर्काउँदा बुवाआमाले कति सपना देखेका हुन्छन् । तर सहाराले नै बेसहारा बनाएर सडकमा ल्याएर छोडिदिएपछि गौरीघाटको सडकमा यि बृद्ध बुवा अहिले जिवन बिताउँदै छन् ।

अझै पछि त्यही सडकवाट उनी छोराछोरीलाई सम्झेर आँशु बगाउँछन् । श्रीमती मसिनीले बेलैमा छोडेर परमधाम भएपछि उनका दुखका दिन सुरु भएका थिए । सडकमा बसेका यि बृद्ध बुवाले भने, मलाई जस्तो दु ख यो जिन्दगीले कसैलाई नदेओस् सबैलाई उनका छोराछोरीले माया गरुन । २०७२ सालको भुइचालोले घर ढल्यो त्यही भुइचालोले उनकी श्रीमती मसिनीलाई पनि लग्यो । श्रीमतीको वियोग पछि उनी काठमाडौं आए ।

आफ्ना छोरा बुहारी र नातीहरुसंग बसेर उनी त्यो पी डा भुल्ने कोशीष गरीरहेका थिए । तर दशैृको रमझम सकिएकै दिन पुर्णीमाको दिन ति छोराले ति बृद्ध बुवालाई मौरीघाटको सढकमा ल्याएर अलपत्र छोडेर गए । आफ्ना जन्मदिने बुवालाई छोडेर हिड्नै लाग्दा संगै भएको नातीले भनेको अझै सम्झन्छन् यि बृद्ध ‘बुवा हजुरलाई आफैलाई जन्मदिने बुवालाई यसरी बाटोमा छोड्दा अलिकति पनि माया लाग्दैन ? के भोली बुढेसकाल लागे पछि मैले पनि तपाईलाई यसरी नै सडकमा बेवारिसे ल्याएर छोडौं ।’

रामेछाप गोठपानीका यि बृद्धको नाम हो बलबहादुर । उनी छोराले त्यसरी छोडेर हिडेपछि पशुपति मन्दीरमा मागेर खान थाले । गएको दशैंदेखि उनी यहि सडकमा छन् । काठमाडौंको बानेश्वरमा बस्ने छोराले आश्रममा लगेर राखिदिन्छु भनेर सडकमा लिएर हिडेको उनले बताए । भने, मेरा दुई भाई छोरा छन् भुइचालाले घर भत्किएर पुरीएर श्रीमतीले छोडिन्, छोराले यसरी छोडेर हिड्दा मलाई कति दुखेको होला ?

नातीले छोरालाई त्यसरी हपारेको सम्झेर उनी अहिले पनि दुखी हुन्छन् । पशुपतिमा माग्दा कसैले पैसा दिए खाने हो कसैले केही नदिए कति दिन भोकै बसेँ उनले आफ्नो जिवनको दुख सम्झदै भने, फुलपातीको भोलीपल्ट मलाई यो गौरीघाटमा ल्याएर छोडे । बालक हुँदा हुर्काए, विवाह गरिदिँए अहिले घरभरी नातीनातीनी छन् मलाई छोराहरुले निकालिदिए । उनले आफ्नो विवसता सम्झदै भने ।

जिवनदेखी हार मानेर उनले गोजीमा मेटासिट पनि बोकेका थिए तर उनीसंगै मागेर जिवन धान्दै आएका अर्का साथीले देखेछन् कता फालिदिए पत्तै पाएनन् । यसरी आफ्नै जिवन फाल्न लागेको यो दोस्रो पटक हो । श्रीमतीलाई भुइचालोले लगेपछि उनले पा सो लगाएर जिवन त्याग्ने कोशिष गरेका थिए तर ठूलीआमाको छोराले त्यतीबेला बचाए ।

Comments