वृद्ध संग बिहे गरेर चर्चामा आएकी पुजाको पाँच बर्षका छोरा मिडियामा आएका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी पुजाकी पुर्ब सासु आमाले पुजाको नालीबेली सहित सम्पुर्ण कुराहरु बताएकी छिन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मियो । छोरा छ महिनापछी छाडेर गएकी बताइन । त्यसको केही दिन नबित्दै पुजाका पुर्ब श्रीमान अर्थात आफ्ना छोराले पनि घर छाडेर हिडेको उनले बताइन । भावुक हुँदै पुजाकि पुर्बसासुले आफुले गरेका दुख पीडा अनि छोराले छाडेर गएपछी बेपत्ता भएको सुनाइन ।

पुजाले पहिल्यैबाट आफुले धनी केटासँग बिहे गर्ने बताउदै हिड्ने गरेको कुरा पनि उनले बताइन । पुजाले सानैमा छोडेर गएको छोरालाई स्याहार गर्दै गरेकी उनले छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाइन । सानैमा ज्ञानि पुजाका छोराको स्वभाव ठुलोमान्छेको जस्तो रहेको बताइन । कतै खेल्न नजाने अनि धेरै कुरा बुझ्ने बच्चाको बानी देख्दा आफू पनि छक्क पर्ने उनी बताउछिन । पुजा अथवा उनका श्रीमानले उनिहरुको बच्चा लैजाने कुरा गर्दा उनले भावुक हुँदै “आफुले छ महिनाको हुदादेखी हुर्काएको मेरो छोरोलाई अब म कसरी दिन सक्छु बरु मर्न तयार छु तर बाबुलाई कसैलाई दिन्न ।

सानो हुदा फालेर हिडेका उनीहरुलाई अहिले म कुनै हालतमा दिन्न ” भन्दै आखाभरी आशु बनाइन । पुजाले अहिले ६७ बर्से वृद्धसंग बिहे गरेको कुरा बारे उनले भनिन “धनी मान्छे भेटेर गइ होला । उसको जीवन सधै खुशीसाथ बितोस । मैले छ महिनाको बच्चालाई छोरा बुहारिको उपहार नातिको रुपमा मात्रै नभएर मनबताको हिसाबले पालेको बताइन ।

अनुमतिपत्र लिन जाँदैनन् चालक

सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ ।

लामो समयसम्म चालक अनुमतिपत्र लिन नआउँदा कार्यालयलाई त्यसको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा अहिले ट्राफिक प्रहरी कार्यालयबाटै आएका झण्डै २५ हजार चालक अनुमतिपत्र छन् ।

लामो समयदेखिका अनुमतिपत्र वितरणका लागि त्यतिबेलाको फाइल खोजेर मात्रै दिने गरिएको छ । यहाँ रहेका अनुमतिपत्र वितरणका लागि समेत जनशक्ति व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । “एकातिर यहाँ जनशक्ति नै कम छन् त्यसमा भएका जनशक्ति पनि यी काममा लाग्नुपर्ने अवस्था छ ।”

ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गरेको भनी चिट काटेका सवारी चालकलाई सोही वर्षभित्र सेवाग्राही जाँदा सम्बन्धित कार्यालयबाटै चालक अनुमतिपत्र दिन्छ । ती कार्यालयले चिट काटेकै आवमा राजश्व बुझाउने र ट्राफिक नियमसम्बन्धी कक्षा लिएपछि चालक अनुमतिपत्र दिने गरेको छ ।

एक आवभरमा समेत चालक अनुमतिपत्र लिन नजाने चालकको भने अनुमतिपत्र यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्रका चार कार्यालय भए पनि ट्राफिक प्रहरीले भने कारवाही गरेका चालकको अनुमतिपत्र एकान्तकुना कार्यालयमा नै पठाउँदै आएको छ ।

Comments