पोखरा, १६ मंसिर । नेपाली क्रिकेट खेलाडीले विश्वरेकर्ड बनाएपछि क्रिकेटको विश्वविजेता भारतमा उनको चर्चा सुरु भएको छ । भारतका मिडियाले उनको निकै तारिफ गर्दै समाचार बनाएका छन् । विश्व चर्चित नेपाली क्रिकेट खेलाडी भन्दै भारतिय मिडियामा उनको तस्बिर सहितको समाचार प्रकाशन भएको छ । भारतिय चर्चित मिडिया हिन्दुस्तान टाइम्स, इन्डिया टुडे टाइम्स अफ इन्डिया लगायतका विश्वप्रशिद्ध मिडियाले उनलाई स्थान दिएका छन् ।

नेपालकी युवतीले किर्तिमान राखेको भन्दै समाचार बनाएको छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि( २० क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध शान्दार जीत दर्ता गराएदै विश्वरेकर्ड बनाएको हो । नेपालले माल्दिभ्सलाई १६ रन मै अल आउट गरको हो। यसै खेलमा अन्जली चन्दले अविश्वसनिय विश्वकीर्तिमान प्रर्दशन गरेपछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ ।

नेपाली महिला क्रिकेट टिमकी तीब्र गतिकी बलर अन्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएपछि नेपालले छिटो जित निकाल्न सफल भएको हो । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलम २।१ ओभरमा २ मेडन कुनै रन नदिएर ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन् ।

सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । पहिलो बलमा चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् । चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमालेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो । अन्जलीले अद्भुत प्रदर्शनकै कारण माल्दिभ्स १०।१ ओभरमा १६ रनमा अल आउट भएको छ ।

यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।

त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०।१ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २।१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

Comments