काठमाडौंमा चल्ने प्राइभेट गाडीको स्टेरिगंमा हेर्यो भने त्यहाँ अधिकांश पुरुषलाई देखिन्छ । स्टेरिगंमा बस्ने महिलाहरु निकै कम हुन्छन् । अहिले भने कताकती महिलाहरु पनि गाडीका स्टेरिगंमा देखिन थालेका छन् । त्यसरी प्राइभेट वा सार्वजनिक सवारी साधन चलाउने एक महिलाको कथा यहाँ हामिले प्रस्तुत गर्न लागेका छौं । उनी हुन् माया ।
दुई छोराको भविष्यका लागि एक आमाले गरेको संघर्षको कथा यहाँ प्रस्तुत गर्न थालेका छौं । श्रीमानले अर्कै विवाह गरे पछि दुई छोराको भविष्य उज्जवल बनाउने जिम्मेवारी उनकै काँधमा आयो । श्रीमान कान्छी श्रीमतीसंग बस्छन् उनलाई र छोराहरुलाई वास्ता गर्दैनन् तर पनि ति महिलाले आफ्नो परिवारको बारेमा बताउनुपर्दा उनै श्रीमानका आमाबुवा र परिवारका बारेमा बताउँछिन् । श्रीमानले धोका दिएर गएपछि उनी एक जना महिलाको सम्पर्कमा आइन् । विपत्तीमा परेकाहरुलाई सहयोग गर्ने ति महिला हुन्

मिनालाई भेटेपछि यि पीडित महिला अंगालो हालेर भक्कानीएर रोइन् । भेट्दा पनि निकै मायालाग्दो अवस्थामा भेटिएकी यि पीडित महिलालाई आफैलाई माया गर्न सिकाइन् । उनले आत्मविश्वास बलियो बनाउन निकै सहयोग गरिन् । चार पांग्रे गाडी सिकाउन र आत्मविश्वास बलियो बनाउन सिकाउने गरेकी मिनालाई ति महिलाले आमा भनेर सम्बोधन गर्छिन । आफुले दुखमा सहयोग गरेका कारण पनि ति महिलालाई छोरी जस्तै लाग्छ ।

सानदार गाडी चलाएर आएर आफुलाई अहिले अंगालो हाल्दा खुसीको आँशु झर्छ । गाडी सिक्ने अवस्थामा पनि आफुले सहयोग गरेको पल सम्झदै उनले लक्ष्मीले भनिन् बाटोमा गाडी सिक्दा सिक्दै पनि समस्या पर्यो भने म फोनवाटै सम्झाउँथे । अहिले त निकै सिकीसकेको छन् । मिनालाई माया जस्ता थुप्रै महिलालाई अझ सहयोग गर्ने धोको छ । त्यसैले माया जस्ता पीडित महिलाहरुलाई मुस्कान छोडेर हाँस्न आग्रह गरिन् । श्रीमानले धोका दिए भन्दैमा रोएर बस्ने होइन आत्मविश्वास बलियो बनाएर अघि बढ्यो भने सामजमा सम्मानपूर्वक बाँच्न पाइन्छ । त्यसैले मायाले अन्य महिलाहरुलाई पनि प्रेरणा दिनुपर्छ ।

विद्यालय समयमा ठूला गाडीलाई प्रतिबन्ध

जिल्लाको ब्यास नगरपालिका–२ स्थित केही ठाउँमा ठूला गाडी चल्नलाई प्रतिबन्ध लगाइएको छ । विद्यार्थी आवातजावत हुने समयमा ब्यास नगरपालिकाले गणेशमानचोकबाट अमरापुरी हुँदै भादगाउँ जाने बाटोमा ट्रक, ट्र्याक्टर र टिपरलाई प्रतिबन्ध लगाएको हो ।

बिहान ९ः १५ देखि १०ः१५ सम्म र साँझ ३ः३० देखि ४ः३० बजेसम्म ठूला गाडीलाई उक्त ठाउँमा गुड्न रोक लगाइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उक्त समयमा त्यस मार्गमा विद्यार्थीको अत्यधिक चाप रहने र कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकाले विद्यालय समयमा ठूला गाडीलाई रोक लगाइएको न्यौपानेले बताउनुभयो ।

उक्त मार्ग हुँदै आदिकवि भानुभक्त क्याम्पस, निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, ब्यास बोर्डिङ स्कूलका विद्यार्थी आवतजावत गर्ने गर्छन् । ती सबै क्याम्पस र विद्यालयमा गरी करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले यसअघि वडा नं २ स्थित कालीकामार्ग र डाँङ्ग्रेखोल्सीलाई एकतर्फी बनाएको थियो । जसअनुसार भोर्लेटारचोकदेखि भेटघाटचोकसम्म जाने र न्युरोडको कुमारी बैंकदेखि कालीकामार्ग हुँदै पृथ्वीराजमार्ग आउन मात्र पाइने नियम लागू गरिएको थियो ।

यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्र विभिन्न स्थानमा सडक यातायात अवरुद्ध हुने गरी विवाह, व्रतबन्ध, भोज जस्ता सामाजिक कार्य गर्न प्रतिबन्ध लगाएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सडक अवरुद्ध हुने गरी त्यस्ता कार्य गर्दा सर्वसाधारणको गुनासो बढिरहेकोले वैकल्पिक मार्ग भएमा नगरपालिकाको स्वीकृित लिन र वैकल्पिक मार्ग नभएमा त्यस्तो कार्य अन्यत्रै गराउन आग्रह गरिएको छ ।
साथै सडक अवरुद्ध हुनेगरी निर्माण सामग्री नराख्न र नगरपालिकासँग स्वीकृति लिएर निश्चित् अवधिका लागि सडक अवरुद्ध नहुने गरी निर्माण सामग्री व्यवस्थापन गर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैगरी नगरपालिकाले मङ्सिर १ गतेदेखि नगरक्षेत्रभित्र प्लाष्टिकको झोला प्रयोगमा बन्देज लगाएको छ । प्लाष्टिकका झोला मौज्दात भएमा मङ्सिर महीनाभित्र हटाउन आग्रह गर्दै नगरपालिकाले पुष १ गतेदेखि अनुगमन गरी प्लाष्टिकका झोला जफत गरिने बताएको छ । प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाउन नगरपालिकाले वैकल्पिक झोला निर्माण तालीम सञ्चालन गरिरहेको छ ।

Comments